२०८३ जेठ २१ गते | 4th of June 2026

अमेरिकी परिक्षणमा सुरक्षित देखियो कोभिडविरुद्धको अक्सफोर्ड-आस्ट्राजेनेका खोप

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत १० गते १५:११

      एजेन्सी –   कोभिडविरुद्धको अक्सफोर्ड-आस्ट्राजेनेका खोप बहुप्रतीक्षित अमेरिकी परीक्षणमा सुरक्षित र प्रभावकारी प्रमाणित भएको छ। अमेरिका, चिले र पेरुका ३२,००० भन्दा बढी स्वयंसेवकमा परीक्षण गरिएको थियो।

परीक्षणमा खोप लक्षणयुक्त कोभिड रोक्न ७९ प्रतिशत प्रभावकारी र गम्भीर बिरामी हुन रोक्न शतप्रतिशत प्रभावकारी पाइएको छ।अनि रगत जम्ने जोखिम पनि नदेखिएको परीक्षणको नतिजाले देखाएको छ।

यो नतिजापछि हालै यस खोप कार्यक्रम रोकेका युरोपेली देशहरूको रगत जमेको घटनासँग खोपको सम्बन्धसम्बन्धी चिन्ता हट्ने विश्वास गरिएको छ।युरोपेली औषधि नियामक निकायले समीक्षा गरी सुरक्षित र प्रभावकारी रहेको बताएपछि केही देशहरूले स्थगित खोप कार्यक्रम पुन: सुरु गरिसकेका छन्। कोलम्बिया विश्वविद्यालय र रोचेस्टर विश्वविद्यालयले गरेको नयाँ परीक्षणको तथ्याङ्कले खोपलाई थप विश्वसनीय र ६५ वर्षभन्दा माथि उमेरका व्यक्तिमा प्रयोग गर्न सकिने देखाएको छ। केही देशहरूले सुरुमा तथ्याङ्क नभएका कारण ६५ वर्षभन्दा माथिका व्यक्तिलाई यो खोप दिएका थिएनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *