२०८१ वैशाख २३ गते | 5th of May 2024

गोपेन्द्रराज भट्टराई, एनआरएनए अमेरिका उपाध्यक्ष पदका उमेद्वार

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत ११ गते १६:१८

ईन्डियाना – एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागि ईण्डियानामा रहेर लामो समयदेखी एनआरएनए अभियानमा समर्पित गोपेन्द्र भट्टराईले उपाध्यक्ष पदमा उमेद्वारी दिने बताएका छन । काठमान्डौंको थापाथलीमा जन्मिएका मृदुभाषी भट्टराई एनआरएनए अमेरिकाको वर्तमान कार्यसमितिको ‘एनआरएनए परिचय पत्र’ ब्यवस्थापन समितिका संयोजक रहेका छन । उनको संयोजकत्वमा रहेको समितिले एनआरएनए परिचय पत्र निर्माण गरेर सबै सदस्यहरुलाई वितरण समेत गरिसकेको छ ।

नेपालीज एशोसियसन अफ ईन्डियानाका संस्थापक अध्यक्ष भट्टराई नेपालीज एशोसियसन अफ मिड्वेस्ट अमेरिकाको पुर्व अध्यक्ष समेत हुन । एनआरएनए अमेरिकाको २०१३-२०१५ कार्यकालमा सल्लाहकार रहेका भट्टराई जिम्मेवारीपुर्वक प्रवासमा सामाजिक सेवाका लागि निरन्तर लागिपरेका पात्र हुन ।

एनआरएनए अमेरिकाको २०१७-२०१९ को कार्यकालमा बोर्ड सदस्य निर्वाचित भएका भट्टराई त्यो कार्यकालमा ‘काम गर्ने ब्यक्ती’ का रुपमा परिचित छन । यसै संस्थाको २०१९-२०२१ कार्यकालका लागि महासचिव पदमा उम्मेदवारी दिएका भट्टराई समुहगत धोकाका कारण निर्वाचनमा पराजित भए पनि मेम्बरसिप ड्राईभ समितिको सदस्य सचिव रहेर काम गरेका पात्र हुन ।

भट्टराई जन्मभुमी र कर्मभुमी बिच नेपाली समुदायको पुल भएर काम गर्न उपाध्यक्ष पदमा उम्मेद्वारी दिएको बताउंछन । प्रविधी क्षेत्रलाई आफ्नो पेशा बनाएका भट्टराईले एनआरएनएलाई प्रवासी नेपालीको साझा र अपनत्व हुने संस्था बनाउनु आफ्नो प्रतिवद्धता रहेको र रहने खुल्लामन्चलाई बताए ।

एनआरएनए अमेरिकाका पुर्व अध्यक्ष डा. केशब पौडेलका अत्यन्त विश्वासपात्र भट्टराई पौडेलकै समर्थक अध्यक्ष पदका उम्मेद्वार बुद्धी सुवेदीको समुहबाट निर्वाचन लड्दैछन । ‘उत्तरदायी, समावेशी र सक्षम एनआरएनए’को नारा लिएर भट्टराई एनआरएनए अमेरिकाको आगामी निर्वाचनका लागि उपाध्यक्ष पदका प्रभावशाली दावेदार हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *