२०८१ वैशाख २३ गते | 5th of May 2024

उत्तम कार्की – एनआरएनए आईसिसी सदस्य पदका उमेद्वार

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत १२ गते १५:४४

सान्फ्रान्सिस्को – एनआरएनए अमेरिकाको आसन्न निर्वाचनले अमेरिकाबाट निर्वाचित गर्ने नौ जना आईसिसी सदस्य पदको निम्ती सानफ्रान्सिस्को निवासी उत्तम कार्कीले आफ्नी उमेद्वारी घोषणा गरेका छन । सुख दु:खमा सबैको ढोकामा पुग्ने कार्की एनआरएनए अमेरिकाको उपाध्यक्षमा उमेद्वारी दिने हल्लाका बिच ‘संस्थाको माथिल्लो तहमै नेपाली समुदायको हितको आवाज बोल्न र काम गर्न’ आईसिसी सदस्य पदमा आफु निर्वाचनको मैदानमा रहेको खुल्लामन्चलाई बताए ।

सान्फ्रान्सिस्को क्षेत्रको सबैभन्दा पुरानो नेपाली सामुदायिक संस्था न्यान्सका पुर्व अध्यक्ष कार्की त्यसै क्षेत्रमा नेपाली सामुदायिक केन्द्र स्थापनार्थ आयोजित दुई दुई वटा महापुराणमा मुख्य भूमिकामा रहेर काम गरेका पात्र हुन । निर्माणाधिन उक्त नेपाली सामुदायिक केन्द्र, नेपालीज कम्युनिटी सेन्टरका पुर्व अध्यक्ष समेत रहेका कार्की अमेरिकामा हुने कुनै पनि सामुदायिक केन्द्रमा सारा कुरा त्यागेर टिकट काटेर कुदिहाल्ने अभियान्ता हुन । हंसिला र सामुदायिक सहयोगमा कहिल्यै हात नलुकाउने कार्की अमेरिकी नेपाली डायस्पोराका चर्चित ब्यक्तित्व हुन ।

एनआरएनए अमेरिकाका पुर्व सल्लाहकार कार्कीले भूमिकामा नरहेको कुनै संस्था होला, अमेरिकामा । नेपाली जनसम्पर्क समिती अमेरिकाका सल्लाहकार रहेका कार्की अमेरिकी राष्ट्रपतीले प्रदान गर्ने ‘राष्ट्रपती स्वयम सेवा स्वर्ण पदक – २०१४’ प्राप्त गर्ने भाग्यमानी नेपाली हुन । नेपालमा राजनैतीक सम्बन्ध राम्रो रहेका कार्की आफु एनआरएनएको केन्द्रिय समितिमै रहेर दोहोरो नागरिकता, प्रवासी नेपालीको हित र उन्नतीका लागि काम गर्न एनआरएनए अमेरिकाको यो निर्वाचनमा सामेल भएको बताउंछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *