२०८१ साउन १२ गते | 27th of July 2024

काठमाडौंको आकाशमा तुवालोसँगै धुवाँले भरियो

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत १३ गते १५:०४

काठमाडौं । काठमाडौंको आकाशमा तुवालोसँगै धुवाँ भरिँदा प्रदुषण बढेको छ । तुवाँलोसँगै धुवाँ पनि मिसिएकाले अहिले काठमाडौंको आकाशमा यस्तो देखिएको मौसम विभागले जनाएको छ ।मौसमविद् सविना शाक्यका अनुसार तुवाँलोसँगै धुवाँ हुँदा प्रदुषण बढी हुँदा मानिसको स्वास्थ्यमा पनि समस्या आउन सक्छ ।“तुवाँलोसँगै धुवाँ लागेको छ,” उनले बाह्रखरीसँग कुरा गर्दै भनिन्, “भिजिविलिटी एक किलोमिटरमात्रै छ । कतिपयले आँखा पोलेको छ पनि भन्नुभएको छ । कति समयसम्म रहन्छ भन्न सकिने अवस्था छैन ।”

काठमाडौंको वायुमा यसअघि धुलोमात्रै थियो भने अब धुवाँ पनि बढेको छ ।पछिल्लो दिनमा विभिन्न स्थानमा लागेको ढडेलोको कारण धुवाँ भरिएको अनुमान गरिएको छ ।चिकित्सक निरज बमले अहिले पछिल्लो समयको हावामा कार्बन, नाइट्रोजन र सल्फरडाइअक्साइड बढी देखिएको हुँदा आँखा पोल्ने समस्या देखिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *