काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले ) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २८ पछिका निर्णयहरुमा ‘व्याक’ हुन नसक्ने बताउनुभएको छ । आज बसेको संसदिय दलको बैठकमा अध्यक्ष ओलीले यस्तो बतउनुभएको हो । बैठकमा पार्टी त्यस्तै संसदीय दलको विधानमा भएको परिवर्तन अहिलेलाई अनुमोदन भई सकेको हाललाई त्यसमा संशोधन नहुने बताउनुभयो ।
सर्वोच्च अदालतको फैसला पछि बाहिरिएका केही सांसद बैठकमा सहभागी भएकोले बैठक नविन खालको रहेकाे एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराइले जानकारी गराउनुभयो । पार्टीले गुटगत र समूहगत हिसावले कुराकानी नहुने उहाले बताउनुभयाे । साथै अब संसदीय दलको बैठक नियमित बस्ने सो बैठकमा विष्णु पौडेलले वजेटका बारेमा विचार दिन आग्रह गर्नुभयो । सहभागी गोकर्ण विप्ट, योगेश भट्टराई घनश्याम भुषाल लगायतका नेताले ऐतिहासिक अबसर भएकाले सोही अनुसार काम गर्न आग्रह गर्नुभयो ।