२०८२ पुष २९ गते | 13th of January 2026

म्यानमारमा चल्दैछ नरसंहार, अमेरिकाद्दारा कडा बिरोध

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत १५ गते १२:५८

एजेन्सी –  म्यानमारको सेना नागरिकविरूद्ध दिनप्रतिदिन झनै क्रुर रूपमा प्रस्तुत हुन थालेको छ। शनिबार एकैदिन ११४ जना नागरिकको ज्यान लिएको सेनाले आइतबार अन्तिम संस्कार गर्न जम्मा भएका नागरिकमाथि पनि गोली चलाएको छ।समाचार संस्था रोयटर्सका अनुसार  आर्थिक राजधानी यंगुननजिकैको  बागो भन्ने ठाउँमा शनिबार सेनाको गोलीले मृत्यु भएका एक प्रदर्शनकारीको अन्तिम संस्कार भइरहेका बेला सुरक्षाकर्मी पुगेर गोली चलाएका हुन्। सुरक्षाकर्मीको गोली लागेर हताहती भए/नभएकोबारे भने खुलिसकेको छैन। ‘हामीले उनका लागि क्रान्तिकारी गीत गाइरहेका बेला सुरक्षाकर्मी आए र गोली चलाए,’ अन्तिम संस्कारमा सहभागी एक महिलाले भनिन्,‘गोली चल्न थालेपछि हामी भाग्यौं।’

शनिबार सेनाको गोलीले मारिएका एक जना २० वर्षीय विद्यार्थीको अन्तिम संस्कारका लागि उनीहरू त्यहाँ भेला भएका थिए।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले म्यानमारमा भएको शनिवारको मृत्युले वाशिङ्टन ‘मर्माहत’ भएको बताएका छन्। ब्लिङ्कनले भने,”शनिवारको घटनाले सैन्य शासकहरू केही मानिसको फाइदाका लागि सर्वसाधारणको जीवन समाप्त पार्छन् भन्ने देखाएको छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *