२०८१ साउन १२ गते | 27th of July 2024

मेलम्चीको पानी काठमाडौंको धारामा

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत १५ गते १३:४२

काठमाडौँ  – काठमाडौंको महाँकालचौरस्थित पुरानो पानीपोखरीबाट घरका धारामा पानी पठाएर मेलम्चीको पानी वितरणको शुभारम्भ गरिएको छ । आइतबार उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का कार्यकारी निर्देशक मिलन कुमार शाक्य, खानेपानी मन्त्रालयका पदाधिकारी र मेलम्ची खानेपानी आयोजनाका पदाधिकारीले पानी वितरणको शुभारम्भ गरेका हुन् ।

हाल पुराना पानीपोखरीहरूमा मेलम्चीको पानी भरी पुरानै पाइपलाइन र धाराहरुमा पानी दिने र नयाँ पाइपलाइनहरू परीक्षण गरी पानी थप गर्दै लैजाने केयूकेएलका कार्यकारी निर्देशक शाक्यले बताए । आइतबारदेखि नै देवकोटा सडक, बत्तिसपुतली, जयवागेश्वरी, चाबहिल, कुटुबहाल, सिफल, कालोपुल, धनवन्तरीमार्गलगायत क्षेत्रका धाराहरूमा पानी वितरण सुरु गरिएको उनको भनाइ छ । पहिलो चरणमा दैनिक चार करोड लिटर पानी वितरण भए पनि विस्तारै दैनिक साढे छ करोड लिटर पानी भित्रिने प्रमुख कार्यकारी अधिकृत शाक्यले बताए । मेलम्ची खानेपानी आयोजनाले शुक्रबार सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको परीक्षणका लागि पानी पठाएको थियो भने गत फागुन १० गते पानी परीक्षणका लागि सुरुङमा पठाएका थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *