२०८१ वैशाख २२ गते | 4th of May 2024

म्यानमारमा नरसंहार अमानवीय र निन्दनीय : नेपाली काँग्रेस

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत १५ गते १३:४८

काठमाडौँ – नेपाली काँग्रेसले म्यानमारमा पछिल्ला केही दिनयता सैनिक सरकारले नागरिक प्रदर्शनमा नरसंहार गरिरहेको घटना र प्रवृत्ति अत्यन्तै अमानवीय र निन्दनीय भएको जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गरी जनतामाथिको दमन तत्काल रोकेर निर्वाचित सरकार बहाल गर्न, लोकतन्त्रवादी नेतृ आङ साङ सुकीलगायत सबैलाई रिहाइ गर्न आग्रह गर्नुभएको छ ।लोकतन्त्र पुनः स्थापित गर्न म्यानमारको सैनिक सत्तामाथि विश्वव्यापी रूपमा तीव्र दबाब बढाउन आवश्यक देखिएको भन्दै विश्वभर जहाँ पनि हुने लोकतान्त्रिक आन्दोलनप्रति समर्थन र ऐक्यबद्धता जनाउने नीति काँग्रेसले लिँदै आएको विज्ञप्तिमा उल्लेख छ । दमनविरुद्ध लोकतन्त्रका पक्षमा फेरी पनि आफ्नो अभिमत प्रकट गर्दै म्यानमारका जनताका पक्षमा प्रस्ट रूपमा उभिएर आवश्यक अन्तर्राष्ट्रिय पहलकदमी गरिनुपर्ने आवश्यकता र अभियानका पक्षमा ऐक्यबद्ध हुन काँग्रेसले सबै दल, सङ्घसंस्था र सरकार समेतलाई अपिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *