२०८२ कार्तिक २५ गते | 10th of November 2025

माधव नेपाल र भीम रावललाई ६ महिनाका लागि पार्टीवाट निलम्बन, ओली एमाले अध्यक्ष नै नभएको नेपालको प्रतिकृया

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत १६ गते १२:१५

काठमाडौं-  प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधव नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेका छन्। पार्टीका सबै जिम्मेवारीहरू तथा पार्टी सदस्यताबाटै पार्टी विधान २०४९ को धारा ४९ ख अनुसार ६ महिनाका लागि निलम्बन गरिएको हो।

नेपाल र रावललाई सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ओलीले उनीहरूलाई निलम्बन गरेका छन्। पार्टी हितविपरीत गतिविधि गरेको भन्दै दुवै नेतालाई कारबाही गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाएका हुन्। यसैबीच सच्चिएर आएमा निलम्बनको अवधि घटाउन सकिनेसमेत ओलीले पत्रमा उल्लेख गरेका छन्। यद्यपी उनले सच्चीने मौकालाई पार्टीको कमजोरी नठान्नसमेत ओलीले चेतावनी दिएका छन्।

यसैबीच नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई निलम्बन गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई नभएको स्पष्ट पारेका छन्। प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल र एमाले उपाध्यक्ष रावललाई साधरणसदस्यसमेत नरहने गरी निलम्बन गरेको जानकारी दिँदै ओलीले पत्र पठाएपछि  नेपालले यस्तो प्रतिक्रिया दिएका हुन्।‘ओलीले मलाई हटाएकोबारे कुनै जानकारी छैन। कुन पार्टीबाट?, ओलीको पार्टीबाट?’, उनले भने, ‘एमालेबाट निलम्बन गर्ने कुनै अधिकार उहाँसँग छैन। उहाँ एमालेको अध्यक्षनै होइन।’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *