२०८१ साउन १२ गते | 27th of July 2024

चीनले नेपाललाई दियो ८ लाख डोज कोरोना विरुद्धको खोप

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत १६ गते १२:३५

काठमाडौं- प्रधानमन्त्री के पी शर्मा ओलीलाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना विरुद्धको खोप हस्तान्तरण गर्नुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित एक समारोहका बिच नेपालकालागि चीनका राजदूत होउ यान्छीले प्रधानमन्त्री ओलीलाई ८ लाख डोज कोरोना विरुद्धको खोप हस्तान्तरण गर्नुभएको हो । त्यस अवसरमा समारोहलाई संबोधन गर्दै प्रधानमन्त्री के पी शर्मा ओलीले खोप सहयोगले कोभिड १९ विरुद्ध अगाडी बढ्न मद्दत पुगेको र जनताको जीवन पहिलो त्यसपछि मात्र अर्थतन्त्र भन्ने नीतिलाई आत्मसात् गरी नेपाल सरकार अगाडी बढिरहको बताउनुभयो ।

भारत र चीन दुवै देशबाट प्राप्त खोपहरु प्रभावकारी रहेकाले कुनेै किसिमको अन्यौलमा नपरी भ्याक्सिन लगाउन आग्रह गर्दै प्रधानमन्त्री ओलीले छिमेकी देशहरुको सहयोगले नेपालमा कोरोना विरुद्धको खोप अभियानलाई अगाडी बढाउन सहज भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *