काठमाडौं -सरकारले थारु कल्याणकारी सभासँग वार्ता गर्न गृहमन्त्री राम बहादुर थापाको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रवृधि मन्त्री पार्वत गुरुङले थरुहट–थारुवान संयुक्त संघर्ष समिति र केन्द्रिय आन्दोलन परिचालन समितिले राखेका १९ बुँदे माग सम्बोधन गर्न वार्ता टोली गठन गरेको जानकारी दिनुभयो । यस मागमा सामुहिक हत्याको अभियोगमा जन्मकैद भोगीरहेका रेशम चौधरीको रिहाई प्रमुख रहेको छ ।
उहाँले वार्ता टोलीमा गृहमन्त्री थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी सदस्य रहनुभएकोे जानकारी दिनुभयो ।