२०८१ चैत १२ गते | 26th of March 2025

सरकार र थरुहट थारुवान संयुक्त संघर्ष समितिका पदाधिकारीबीच वार्ता

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत १७ गते १४:०४

काठमाडौं- सरकार र थरुहट थारुवान संयुक्त संघर्ष समितिका पदाधिकारीबीचको वार्ता सम्पन्न भएको छ ।  गृह मन्त्रालयमा आज दिउँसो दुई पक्षबीच वार्ता भएको हो ।  वार्ता सकारात्मक रहेको र अर्को वार्ता बिहीवार पुनः  बस्ने छलफल भएको थारु कल्याणकारिणी सभाका महामन्त्री प्रेमीलाल चौधरीले जानकारी दिनुभयो ।

महामन्त्री चौधरीका अनुसार यसअघि संघर्ष समितिले अघि सारेको १९ बुँदे मागमा केन्द्रित भएर सरकारी वार्ता टोलीसँग छलफल भएको जानकारी दिनुभयो । सरकारका वार्ताटोली सदस्यले मागपत्र बारे आज र भोलि अध्ययन गर्ने र पर्सि पुनः वार्तामा बस्ने छलफल भएको उहाँले जानकारी दिनुभयो ।  थारु कल्याणकारिणी सभा (थाकस) का केन्द्रीय अध्यक्ष धनीराम चौधरीको नेतृत्वमा रहेको थरुहट थारुवान संयुक्त संघर्ष समितिले आज मंगलबार बिहान पाँच सदस्यीय बार्ता टोली गठन गरेपछि सरकारसँग वार्ता भएको हो ।

सरकारले सोमबार नै गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा तीन सदस्यीय वार्ताटोली गठन गरेको थियो । सरकारी बार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र एमाले केन्द्रीय सदस्य भगवती चौधरी सदस्य रहनुभएको छ । थाकसद्वारा गठित वार्ता टोलीको संयोजकमा पूर्व सांसद रुक्मिणी चौधरी रहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *