ह्युस्टन – एनआरएनए अमेरिकाकाको निर्वाचन (२०२१-०२३) का लागि बरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी कृष्णजीवि पन्थले एनआरएनए भित्र राजनिती भित्र्याएर नेपाली समुदाय बिभाजन नगर्न अनुरोध गरेका छन् । शनिवार ह्युस्टनमा आयोजित चुनावी कार्यक्रमका अतिथीका रुपमा सहभागी पन्थले एकता, सद्भाव र सबैको अधिकार रहेको एनआरएनए जस्तो सामाजिक संस्थामा राजनितीक आस्थाको रंग पोतेर संस्थाको छवि धमिलो नवनाउन अनुरोध गरेका छन ।
एनआरएनए अमेरिकाका वर्तमान कार्यसमितीका उपाध्यक्ष पन्थ मेरिल्याण्ड राज्यमा रहेर सामाजिक कार्यमा सक्रिय अभियन्ता हुन् । म्यारिल्याण्डका ब्यवसायी पन्थ आफ्नो टीमको लागि ह्युस्टनको कार्यक्रममा सहभागी देखिनु भित्र पनि सभापतिका प्रत्यासी कृष्ण लामिछानेलाई सकारात्मक बल मिलेको छ । शनिवार उनले टेक्सासका एनसीसी र च्याप्टर उमेद्वारको संयुक्त चुनावी घोषणा कार्यक्रममा बोल्दै अघिल्ला निर्वाचन भन्दा फरक शैलीले नेपाली एकता प्रस्तुत गर्नुपर्ने बताउँदै भने यस पटक एक अर्काको उमेद्वारीलाई सबैले सहयोग गरौं चाहे त्यो आफ्नै प्रतिस्पर्धी नै किन नहोस् । उनले सबै एनआरएनए अभियन्तालाई अनुरोध पनि गरेका छन् ।
पन्थले भने ‘कमसेकम आ-आफ्नो क्षेत्रमा त एकता कायमको वातावरण सृजना गरौ । सुरुवात आफैंले गर्नुपर्छ, आफ्नै संस्थाबाट गर्नुपर्छ । एकताको नारा बोकेर आगामी निर्वाचनका सबै उमेद्वारलाई जीतका लागि शुभकामना पनि दिन चाहन्छु ।’ नेपाली समुदायको सपनाको देश अमेरिकामा रहेको एनआरएनएको दायित्व पनि फराकिलो हुने बताउँदै पन्थले नेपालमा रहेका नेपाली होस् या अमेरिकामा रहेका उनिहरुलाई मात्र होईन, सकिन्छ भने अन्य देशका एनआरएनएसंग सहकार्य गरेर नेपालीको समस्यामा साथ दिनुपर्ने एनसीसी अमेरिकाको गरिमा र चुनौतीबारे पनि प्रष्ट पारेका छन् ।
भोलीका पुस्तालाई पनि एनआरएनए अभियानमा जोड्नका लागि आजैबाट अभियानलाई पारदर्शी, विश्वसनिय र बलियो बनाउनु पर्ने आवश्यकता औंल्याउँदै पन्थले यस पटकको निर्वाचनमा धेरै युवा उमेद्वार देखिनु अत्यन्त सकारात्मक भएको पनि बताए । हार जित र सामाजिक अभियान फरक कुरा भएका बताउँदै यति ठुलो अभियानमा कुनै पद नपाँउदैमा आफ्नो कतब्य छैन भन्ने सोच्ने हो भने त्यसलाई सेवा भाव नभनिने धारणा पनि दोहोर्याएका छन् ।
स्रोत : युएसखबर