२०८१ वैशाख २२ गते | 4th of May 2024

अमेरिकामा नेपालीको सामुहिक रियलस्टेट लगानी, ८ लाख संकलन, १० मिलियनको लक्ष्यसहित साधारणसभा

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत १८ गते १६:३२

न्युयोर्क –  नेपाली रियलस्टेट डेभलोप्मेन्ट फण्ड कर्पोरेसनको (NREDFC) प्रथम साधारण सभामा आज मिति २०२१ मार्च २८ गते सम्पन्न भएको छ। कार्यक्रम जुम तथा न्युयोर्क स्थित भोतिकरुमा उपस्थित भई सम्पन्न भएको थियो ।

जुम मार्फत साधारण सभाको उद्धाटन गर्दै अमेरिकाको लागि नेपाली राजदुत माहामहिम डा. युवराज खतिवडाले नेपालीहरु अमेरिकामा यस्तो सामुहिक लगानिको व्यवसायमा लागेको थाहा पाउदा खुसी लागेको र १ वर्षको अवधिमै यसरी किस्ता वन्दीमा रकम संकलन गरी लगानि समेत गरी सक्नु भएको भन्ने सुन्दा यो कम्पनिको भविष्य उज्वल रहेको कुरा पनि व्यक्त गर्दै अमेरिकाको लगानिका विषयमा आफुले पनि याहा रहनु भएकाहरु संग सिक्नु पर्ने र गैर आवसिय नेपालीहरुले नेपालमा शेयर लगायत विभिन्न क्षेत्रमा लगानी गर्न सक्ने त्यसको लागि आफुले सकेको सहयोग गर्ने वचन पनि व्यक्त गर्नुका साथै ठुलो लगानिमा ठुलै रिक्स हुने हुनाले होस पुर्याएर लगानि गर्न सुझाव समेत व्यक्त गर्नु भयो ।

कार्यक्रममा अतिथिको रुपमा सहभागि भई गैर आवासिय नेपाली संग अमेरिकाका वरिष्ठ उपाध्यक्ष डा. अर्जुन वन्जाडेले नेपालीहरु यसरी सामुहिक लगानिमा उत्प्रेरित भई अगाडि वढ्नु भएकोमा खुसी व्यक्त गर्दै आफुलाई पनि यो मन परेको विषय भएको तर वुझ्नै नसकेको क्षेत्रमा परेको जानकारी गराउनु भयो ।

प्रवासी नेपाली एकता मन्चका अध्यक्ष प्रभु थापाले अतिथिको रुपमा सहभागि भई नेपालीहरुको आर्थिक संवृद्धीको लागि यस्ता सामुहिक लगानि प्रति सजग हुदै र गराउदै अगाडि वढ्नु पर्ने आजको आवस्यकता रहेको चर्चा गर्नु भयो ।

अर्का अतिथि जन प्रगतिशिल मन्चका तर्फवाट नारायण कणेलले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नु भयो भने कार्यक्रममा तमाङ समाज उत्तर अमेकिकाको अध्यक्ष र रुपान्तरणका अकुर लुईटेल अतिथिको रुपमा सहभागि हुनुहुन्थ्यो ।

उक्त साधारण सभामा सस्थाका अध्यक्ष सन्जय थापाले अमेरिकामा रहेका नेपालीहरु विच विभिन्न सामाजिक संस्थाहरु धेरै नैको संख्यामा रहेता पनि आर्थिक संवृद्धीको उद्धेश्यका सस्थाहरु प्राय नगन्य रहेको अवस्था छ र नेपालवाट आर्थिक संवृद्धी र परिवारको सुरक्षित भविस्यको सपना देखेर अमेरिका आएका धेरैको अनुभवमा “सुनेको जस्तो छैन भोगेको अमेरिका” यही अवस्थालाई मनन गरी केही निस्चित साथीहरुको विच गत १ वर्ष भन्दा अगाडि आफ्नै लागि केही आर्थिक उन्नतिको सोचाई अगाडि वढाउने सल्लालाई चरण वद्ध छलफल गरी २०१९ को डिसेम्वरमा न्युयोर्कको ज्याक्सन हाईटमा भएको भेलाले मुर्त रुप दिएको जानकारी गराउदै सुरुमा २०२० को फेव्रेवरी देखी सुरुवात गर्ने भनियता पनि कोभिड-१९ ले अलि समय स्थगित गर्नु परेको र यसमा संलग्न हुन चाहेका साथीहरुको अवस्था र परिस्थितिलाई अध्यन गरी २०२० अगस्ट देखी प्रति महिना किस्ता वन्दीको हिसावले शेयर रकम संकलन गर्न र २०२० को डिसेम्वर भित्र कम्तिमा १०० सदस्य संख्या पुर्याई प्रत्येक सदस्यहरुवाट $१०,००० संकलन गरी १ मिलियल डलरको घनरासीवाट “रियलस्टेट ईन्भेस्टमेन्ट ट्रस्ट” दर्ता गरी घर जग्गा सम्वन्धी कारोवार सुरु गर्ने निर्णय अनुरुप गतिविधि अगाडि वढाउने निर्णय भए वमोजिम आफ्ना निकटस्थ साथीहरु विच एकल तथा सामुहिक छलफलका आधारमा आज ११७ जना शेयर सदस्य संकलन गरी प्रथम साधारण सभा गर्ने अवस्थामा आई पुगेका वताउनु भयो र ११७ जना शेयर सदस्यहरुवाट संकलित करिव $८००,०० रकमवाट न्युयोर्कमा एउटा घर खरिद गरी हाल मर्मत भईरहेको र मर्मत सम्पन्न गरी विक्री गर्ने योजना रहेको र ओहायोमा १ घर खरिद गरी हाल भाडामा प्रयोग भईरहेको र उपयुक्त मुल्य प्राप्त भयो यो पनि विक्री गर्ने योजना रहेको जानकारी गराउनु भयो ।

कार्यक्रममा शेयर सदस्य पुजय थापाले सुरुका वर्षहरुमा धेरै लगानि घर खरिद गरी मर्मत संभार गरी विक्री गर्ने र कम लगानि घर खरिद गरी भाडामा लगानि गर्ने रणनिति रहे पनि विस्तारै यो प्रकृयालाई उल्ट्याई निकट भविश्यमा कतै जग्गा खरिद गरि घर निर्माण गरी विक्री गर्ने र संस्थाको अधिकृत पुजी ५ वर्षमा कम्तिमा १० मिलियन वनाइने कार्यनिति स्लाईड मार्फत प्रस्तुत गर्नु भएको थियो साथै अमेरिको नेपाली समुदायको सवै सामु परिचित सफल रियल स्टेट व्यवसायी कुल आचार्यले अमेरिकाको रियल स्टेट वजारको भविष्य वारे जानकारी गराउनु भएको थियो ।

कार्चक्रमको वन्द सत्रमा अध्यक्षको प्रगति प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन र शेयर सदस्य पुजय थापाले प्रस्तुत गर्नु भएको रणनितिक कार्यक्रम पास गर्नुका साथै संस्थाको विधान पास भएको थियो र वन्द सत्रमा शेयर सदस्यहरुले उठाउनु भएको सवै प्रस्नको उत्तर कम्पनिका माहासचिव कृश्ण लामिछाने दिनुका साथै दुवै सत्रको कार्यक्रम संचालन गर्नु भएको थियो भने उपस्थित प्रमुख अतिथि, अतिथि र सहभागि सवैलाई धन्यावाद व्यक्त गर्दै आगामि ३ वर्षको लागि पुन सन्जय थाापा अध्यक्ष र कृष्ण लामिछाने माहासचिव रहेको १५ सदस्य कार्यकारिणी समिती निर्माण गरी सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *