२०८१ साउन १२ गते | 27th of July 2024

एएनएको नवनिर्वाचित कार्यसमितीद्दारा शपथ तथा कार्यभार ग्रहण

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत १८ गते १७:३९

अमेरिका – उत्तरी अमेरिका (अमेरिका तथा क्यानाडा) मा रहेका नेपालीहरुको सबैभन्दा पुरानो तथा शक्तिशाली राष्ट्रिय संस्था ‘अशोसिएसन ऑफ नेपलिज इन द अमेरिकाज’ (एएनए) को आजबाट २८ सदस्यीय कार्यकारिणी समितिले संस्थाको सम्पूर्ण बैधानिकता पुरा गरि ‘ब्याक टु बिजनेस’ भएको छ।

एएनएको गत डिसेम्बरमा सम्पन्न निर्वाचनबाट सन् २०२१-२०२३ को लागि नयाँ कार्यकारी समितिको गठन भएको थियो। कार्यकारिणी समितिको अध्यक्षमा टेक्सासका विजयराज भट्टराई सहितको टीम निर्वाचित भइ जनवरी १ बाट कमिटिले पदभार ग्रहण गरेको भए पनि पदभार ग्रहण गरेको हप्ता दिन नबित्दै संस्थाका पश्चिम क्षेत्रीय उपाध्यक्ष डा. दुर्गा दाहालको अचानक अस्वस्थ्य भइ स्वर्गारोहण भएपछि संस्थाका सम्पूर्ण गतिविधिहरु स्थगित गरिएका थिए।

बिधानत: पूरा गर्नुपर्ने कार्यकारिणी समितिका सदस्यहरुको मनोनयन तथा नियुक्ति समेत स्थगित गरिएको थियो। आजवाट भने अव ए.एन.ए. को कार्यकारिणी समिति पूरा गरि पद तथा गोपनियताको सपथ ग्रहणको कार्यक्रम सम्पन्न गरि अव एएनए नियमित सामाजिक गतिविधिमा फर्किएको जानकारी महासचिव डा चूडामणि खनालले गराउनुभयो।

उत्तरी अमेरिकामा नेपाली पहिचानको स्थापना गर्न सन् १९८३ मा स्थापित यस संस्थाको कार्यक्रमहरुमा सहभागी हुनुलाई अमेरिकामा भ्याकेशन डेस्टिनेशन को रुपमा समेत लिने गरिन्थ्यो। भट्टराईको नेतृत्वमा गठित एएनए कार्यकारिणी समिति एएनए इतिहासकै सम्भवत: सवैभन्दा ठूलो कमिटि हो। भट्टराइको नेतृत्वको यस टीमले अवको एएनएले छुट्टै र नयाँ दिशा लिने अनुमान सवैले गरेका छन्।

President: Mr. Bijay Raj Bhattarai, TX
Senior Vice President: Mr. Bijaya Shrestha, MD
Vice-President (Canada Region): Dr. Tulsi Dharel, Canada
Vice-President (Eastern Region): Mr. Shailendra Khatri, NC
Vice-President (Central Region): Mr. Thala Raj Pant, TX
Vice-President (Western Region): Mr. Bhakta Thapa, CA
General Secretary: Dr. Choodamani Khanal, FL
Treasurer: Dr. Usha Sharma, MA
Joint Secretary: Mr. Binaya Gautam, Canada
Deputy Treasurer: Mr. Radhakrishna Dhamala, VA
Communication Director: Mr. Satish Tripathi, TX
Youth Coordinator: Mr. Laxman Pradhan, MD

Women Coordinator: Dr. Pragati Ghimire Aryal, FL

Executive Members:
Mr. Rajendra Khatiwada, IL
Mr. Arun Rupakhetee, VA
Mr. Binod Tripathy, CO
Mr. Kishor Sapkota, KY
Mr. Rajendra Wagle, TX
Dr. Tika Lamsal, CA
Mr. Krishna Kusum, NJ
Ms. Samita Rai, FL
Mr. Dhruba Jha, CA
Mr. Keshab Gyawali, TX
Mr. Nijananda Malla, FL
Mr. Rokesh Gurung, NY
Dr. Bishnu Ghimire, MD
Mr. Raju Joshee, MD
Mr. Madhab Bastakoti, Canada
समाचार स्रोत : हिमालयखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *