२०८१ वैशाख २१ गते | 3rd of May 2024

सामुदायिक सम्बन्धको नर्थ क्यारोलिना यात्रामा लामिछाने समुह

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत १९ गते १६:३१

नर्थ क्यारोलिना – सम्भवत: आगामी जुलाई महिनामा हुने एनआरएनए अमेरिकाको आसन्न निर्वाचनको प्रचार तथा समुदायिक सम्बन्धको लागि अध्यक्ष पदका प्रत्यासी कृष्ण लामिछानेको समुह अप्रिल महिनाको शुरुवातमा नर्थ क्यारोलिना पुग्ने कार्यक्रम छ । आगामी ४ तारिख नेपालीहरुको बसोबास बढ्दै गैरहेको नर्थ क्यारिलोनामा लामिछाने लगायत उनको समुह सामुदायिक भेटघाट तथा आपसी अन्तर्कृया कार्यक्रमको लागि त्यता प्रास्थान गर्दैछन ।

आफ्नो चुनावी प्रचार कार्यक्रम मायावी शहर लस एन्जलसबाट शुरु गरेको लामिछाने समुहले दोस्रो कार्यक्रम पर्यटकीय नगरी सान्फ्रान्सिस्कोमा सम्पन्न गरेको थियो । अध्यक्ष पदका बलिया प्रत्यासी लामिछाने समुहले ‘अब सामुदायिक अन्तर्कृया र पारस्पारिक भेटघाटका कार्यक्रम’ लाई युद्दस्तरमा निरन्तरता दिने जनाएको छ ।

लामिछाने समुहबाट महासचिव पदका बलिया प्रत्यासी बिनोद भट्टको कर्मभुमी नर्थ क्यारिलिनाको कार्यक्रमलाई भब्य बनाउन भट्ट आँफै लागिपरेका छन । लामिछाने समुह नर्थ क्यारोलिनामा बलियो देखाउन भट्टलाई ‘शक्ती प्रदर्शन’को दवाब छदैंछ, किनकी अहिले एनआरएनए अमेरिकाको चुनावी प्रचार कार्यक्रममा उमेद्वारले क् बोले भन्दा पनि उपस्थित टाउकाहरु गनिने प्रचलन छ । आफ्नो घरमा आयोजना हुने महापुराणको लागि महासचिव पदका प्रत्यासी भट्ट रातोदिन लागिपरेका छन ।

एनआरएनए अमेरिकाको यो चुनावको आकर्षण वरिष्ठ उपाध्यक्षका प्रत्यासी कृष्णजिवी पन्थ पनि आगामी ४ तारिख नर्थ क्यारिलोना हांनिदैंछन । यस अगाडी बिभिन्न कार्यक्रमले अमेरिकाका धेरै राज्य टेकिसकेका पन्थ बुद्दी सुवेदी समुहको धोका पछी लामिछाने समुहमा बिजयको कडीको रुपमा प्रस्तुत छन । यस अगाडी सबैभन्दा धेरै मत लिएर निर्वाचित्त पन्थको साथ पाएको लामिछाने समुह अझ शक्तिशाली बनेको आंकलन छ, भलै परिणाम गर्भमा रहे पनि अनुमान चुनावमा सधैंं गरिन्छ । देखिंदा चाकरीको अर्थ लाग्ने यो श्ब्द सत्य हो कि,’ कृष्णजिबी पन्थको साथले लामिछाने समुह बलियो बनेको’ पक्का हो ।

स्थानिय हिमालयन रेस्टुरेन्टमा आयोजना हुने लामिछाने समुहको तेस्रो चुनावी कार्यक्रममा उपाध्यक्ष पदका युवा उमेद्वार बिकास उप्रेती लगायतका उमेद्वारहरु उपस्थित हुने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *