२०८१ जेठ ४ गते | 17th of May 2024

केपी शर्मा ओलीले राजीनामा नदिए कांग्रेसले संसदमा अविश्वासको प्रस्ताव लैजाने

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत २१ गते १४:४१

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए कांग्रेसले संसदमा अविश्वासको प्रस्ताव लैजाने बताएका छन् । नेपाली कांग्रेस नुवाकोटद्धारा काठमाडौंमा आयोजित कार्यक्रममा नेता पौडेलले प्रधानमन्त्री ओलीलाई नहटाए लोकतन्त्र खतरामा रहने भन्दै अविश्वासको प्रस्ताव ल्याएर भए पनि हटाउने बताए ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले प्रधानमन्त्री फेर्ने निर्णय गरिसकेको बताउँदै प्रधानमन्त्री ओलीले आफै राजीनामा नदिए कांग्रेसको नेतृत्वमा अविश्वासको प्रस्ताव संसदमा लैजाने उनको भनाइ छ । उनले भने, ‘उहाँले राजीनामा दिनुहुन्न भने अविश्वास प्रस्ताव राखेर हामी हटाउछौंं ।’सरकार बाहिर रहेका, प्रतिगमनविरुद्धमा संघर्ष गरेका र संसद पुनस्थापनाका लागि आवाज उठाएका तीन दलबीचमा समझदारी बनाई प्रधानमन्त्री ओलीलाई हटाउन संसदमा अविश्वासको प्रस्ताव लैजाने उनले बताए । उनले भने ‘खासगरी अहिले अपोजिसनमा रहेका र हिजोको प्रतिगमनविरुद्धमा संघर्ष गरेका र पुनस्थापनाका लागि आवाज उठाएका तीनवटा दलबीचमा पहिले हामी वार्ता गर्छौं, समझदारी बनाउँछौं र सहमति गरेर प्रधानमन्त्रीलाई हटाउने प्रस्ताव पेश गर्छौं ।’ उनले अब बन्ने सरकारको नेतृत्व कांग्रेसले गर्ने पनि बताए । तर यस विषयमा अन्य दलहरूसँग छलफल गर्न कांग्रेस तयार रहेको पनि स्पष्ट पारे । नेता पौडेलले नेपाली कांग्रेसको महाधिवेसन समयमै हुने पनि बताए । महाधिवेसन नभए कांग्रेसको अस्तित्व नै समाप्त हुने भएकाले समयमै महाधिवेसन सम्पन्न गरिने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *