२०८१ वैशाख २२ गते | 4th of May 2024

एनआरएनए अमेरिकाको निर्वाचन आगामी मे महिनाको २९ र ३० तारिख

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत २२ गते १६:०५

अमेरिका – एनआरएनए अमेरिका २०२१-२०२३ कार्यकालको निर्वाचन आगामी मे महिनाको अन्तिम साता गरिने जानकारी सार्वजानिक गरिएको छ । एनआरएनए अमेरिका निर्वाचन समितिले आज सार्वजानिक गरेको सुचनानुसार आगामी मे महिनाको २९ र ३० तारिख, दुई दिन लगाएर अनलाईन मार्फत निर्वाचन सम्पन्न गरिनेछ ।

एनआरएनए अमेरिकाको निर्वाचनको जिम्मेवारी लगातार प्राप्त गरेका प्रमुख निर्वाचन आयुक्त विश्वनाथ बरालले आज प्रेस वक्तब्य जारी गर्दै निर्वाचनको कार्यक्रम चाहीं आगामी अप्रिल ६ तारिखबाट शुरु गरिने जनाएका छन । वक्तब्यमा उल्लेख भएनुसार अप्रिल ६ तारिख एनआरएनए अमेरिकाका मतदाताहरुको अन्तिम सुची प्रकाशित गरिनुपर्ने जनाईएको छ । करिब २१ हजार मतदाता रहेको एनआरएनए अमेरिका अहिले सबैभन्दा ठुलो एनसिसी बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *