२०८१ वैशाख २० गते | 2nd of May 2024

कसको हातमा जाला पत्रकारहरुको आगामी नेतृत्व, निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन पुर्व अध्यक्षहरुको आह्वान

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत २४ गते ९:१०
काठमाडौ –  नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि बुधवार निर्वाचन हुदैछ । यस पटक देखि सबै सदस्यहरुले मतामधिकार प्राप्त गरेको प्रत्यक्ष निर्वाचन हुन लागेको छ । नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा तीन जनाले दावी प्रस्तुत गरि उम्मेदवारी दिएका छन । बिपुल पोखरेल , निर्माला शर्मा र गजेन्द्र बुढाथोकीले अध्यक्षमा आआफनै दाबी प्रस्तुत गरेका छन । पोखरेल प्रजातान्त्रिक खेमाका हुन भने शर्मा केपी ओली नेतृत्वको नेकपा एमाले निकट र आफुलाई स्वतन्त्र हैसियतको दाबी बुढाथोकीले गरेका छन । बिशेष गरि शर्माले महिला नेतृत्व स्थापित गरि ईतिहास कायम गर्दे मुद्दा अघि सारेकी छन भने पोखरेलले केपी ओलीको असम्बैधानीक कदम ,प्रेश बिरोधी कदमको बिरोधलाई मुख्य नारा बनाएका छन भने खासै मतको आकलन नगरिएको बुढाथोकीले स्वतन्त्र पत्रकारिताको मुद्दा अघि सारेका छन ।
महासंघको पुर्व अध्यक्षहरुले  देशभरका महासंघका तमाम सदस्य साथीहरुलाई यस निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन आह्वान  गरेका छन  । सम्पूर्ण नेपाली पत्रकारहरुको आस्था र विश्वासको धरोहरको रुपमा रहेको नेपाल पत्रकार महासंघको जीवनमा भोलि हुने निर्वाचनको ऐतिहासिक महत्व रहेको छ । महासंघको केन्द्रीय, प्रदेश, जिल्ला एवं प्रतिष्ठान तहसम्मका सबै संरचनामा एकैपटक प्रत्यक्ष निर्वाचन पद्धतिबाट नेतृत्व छनौट हुन गैरहेको छ । यो निर्वाचनलाई कुनै विघ्नबाधा नपारी सबै पत्रकारहरुले उत्साहपूर्वक सहभागी हुनु हामी सबैको कर्तव्य पनि हो । उनीहरुले भनेका छन – महासंघको सबै तहको निर्वाचनमा स्वस्थ र मर्यादित रुपमा प्रतिस्पर्धामा उत्रनु भएका तमाम पत्रकार साथीहरुलाई हामी शुभकामना दिन चाहन्छौं । महासंघको अविच्छिन्न ऐतिहासिक गरिमाको रक्षा गर्दै प्रेस स्वतन्त्रतालाई व्यवहारमा नै सफल र सार्थक बनाउनु महासंघको यतिवेलाको प्रमुख दायित्व हो ।
यस पटकको निर्वाचनको अवसरले महासंघका सदस्यहरुबीच मात्र नभई समाजका विभिन्न क्षेत्रमा समेत नेपाली पत्रकारिताका चुनौति, समस्या र यस क्षेत्रमा गरिनुपर्ने सुधारका यावत मुद्दामा बहस–छलफल भैरहेको देख्न पाउँदा हामीलाई अपार खुसी लागेको छ । वास्तवमा प्रेस स्वतन्त्रताको संरक्षण, यसको व्यवसायिक सुदृढिकरण र आम पत्रकारहरुको पेशागत र भौतिक सुरक्षा तथा पत्रकारिताका अनेक निर्भिक माध्यममार्फत लोकतान्त्रिक प्रणालीको जीवन्तताका लागि सक्रिय योगदान केवल पत्रकारहरुको चासोको मात्र नभई आम नागरिकको सरोकार रहनुपर्ने विषय हुन् ।

नेपाल पत्रकार महासंघलाई सरकारको प्रतिछायाँ तथा राजनीतिक दलको स्वार्थबाट जोगाउन र समाजको निरन्तर लोकतान्त्रिकरणका लागि वैचारिक दिशाबोध गर्न सक्ने बनाई राख्न आवश्यक छ । प्रेस स्वतन्त्रता अहिले पनि चौतर्फी चुनौतिको घेरामा छ । यसको रक्षाका लागि महासंघका सबै तहमा जुझारु र निष्ठावान नेतृत्व आवश्यक हुन्छ । तसर्थ, स्वतन्त्र एवं बहुलवादी प्रेस र पत्रकारहरुको सुरक्षा र अधिकारको विषयमा कतै पनि सम्झौता नगर्ने नागरिक अधिकार र लोकतन्त्रका पहरेदार हुनसक्ने सक्षम नेतृत्वलाई आफ्नो विवेकको मतदान गर्न पनि  उनीहरुले   पत्रकार साथीहरुमा हार्दिक अपील गरेका छन  ।  यसरी अपिल गर्नेहरुमा  हरिहर विरही , किशोर नेपाल, डा. सुरेश आचार्य ,

तारानाथ दाहाल , विष्णु निष्ठुरी , धर्मेन्द्र झा रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *