२०८१ वैशाख २० गते | 2nd of May 2024

नेपालमा कोरोना संक्रमणको दर बढदै, रोकथाममा सरकारको हेलचक्रंयाई

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत २४ गते १३:३२

काठमाडौं –   विज्ञहरूले मुख्यगरी जनस्वास्थ्यका मापदण्ड पालना गराउन अन्तर्राष्ट्रिय नाकाहरूमा अझै कडाइ गरिनुपर्ने बताएका छन्।सरकारले पनि आगामी दिनमा कोरोनाको जोखिम उच्चरुपमा बढन सक्ने अनुमान गरेको छ ।   तर विज्ञहरुले  सरकारको गृहकार्य फितलो रहेको भन्दै अघिल्लो वर्षको अनुभवबाट पाठ सिकेको जस्तो नदेखिएको प्रतिक्रिया दिएका छन्। नेपाल र भारतबीचका सीमामा नै कोभिड-१९ सङ्क्रमण नभएको प्रमाणपत्र देखाउनुपर्ने बाध्यकारी प्रबन्ध गरिनुपर्ने र मास्कको प्रयोगजस्ता सावधानी नअपनाउने व्यक्तिलाई कानुनको दायरामा ल्याउनुपर्ने उनले बताएका छन्।

यसैवीच  प्रतिनिधिसभामा  बोल्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड-१९ नियन्त्रणका लागि आवागमनलाई व्यवस्थित गर्ने, सङ्क्रमणको पहिचान गर्ने र जनस्वास्थ्य मापदण्ड पालना गर्दा महामारी नियन्त्रण गर्न सकिने भन्दै तत्काल लकडाउनको विकल्पबारे नसोचिएको बताएका थिए।

भारतको वृद्धिदरलाई ध्यान दिँदै थप सतर्कता अपनाउन जरुरी देखिएको छ । भारतमा सोमवार एक लाखभन्दा बढी र मङ्गलवार झन्डै ९७,००० जनामा कोभिड पुष्टि भएको छ।नेपालमा पनि पछिल्ला केही दिन यता संक्रमितको संख्यामा वृद्दि भएको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। दुई महिनायता नेपालमा पुष्टि भएको यो सर्वाधिक दैनिक सङ्ख्या हो। संसद्‌मा बोल्दै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले सङ्क्रमणको दर उच्चबिन्दुमा पुग्न सक्ने भएकाले जनस्वास्थ्यका मापदण्डमा कडाइमा सचेतता अपनाइएको बताए।

भारतमा कोरोनाभाइरसको नयाँ लहर देखा परेपछि गएको चैत ९ गते गृह मन्त्रालयले दुई देशको सीमा हुँदै नेपाल आउने व्यक्तिहरूको अभिलेख राख्न र स्वास्थ्य परीक्षण गराएर मात्रै प्रवेश दिन देशभरिका प्रमुख जिल्ला अधिकारीहरूलाई परिपत्र गरेको थियो। स्वास्थ्य मन्त्रायल मातहतका निकायहरूलाई नाकास्थित स्वास्थ्य जाँच चौकीलाई क्रियाशील पार्न र शङ्कास्पद व्यक्तिहरूलाई एन्टिजन वा पीसीआर परीक्षण गर्न भनेको थियो। सम्भावित जोखिमलाई ध्यान दिँदै सङ्घ, प्रदेश र जिल्ला तहका अस्पताल र प्रयोगशालालाई तम्तयार राखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *