२०८२ फागुन ६ गते | 18th of February 2026

दुई साता अघि एमाले बनेका व्यवसायी किशोरकुमार प्रधानले पाए वायुसेवा निगममा नियुक्ती

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत २४ गते १३:४५

काठमाडौं- सरकारले नेकपा एमालेमा प्रवेश गरेका व्यवसायी किशोरकुमार प्रधानलाई दुई साता नवित्दै नेपाल वायुसेवा निगमको संचालकमा नियुक्त गरेको छ।  प्रधान नेपाल उद्योग वाणिज्य महासंघको पूर्व उपाध्यक्ष हुन्। उनले यो पटक वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालसँग पराजित भएका थिए।

दुई साता अघि उद्योगी व्यवसायीको छलफल कार्यक्रममा प्रधानसहित २ सय ३५ जना उद्योगी व्यवसायीलाई एमाले प्रवेश गराइएको थियो। मंगलबारको पर्यटनमन्त्रीस्तरीय निर्णयबाट प्रधानलाई संचालकमा चार वर्षका लागि नियुक्त गरिएको हो। एमालेमा प्रवेशपछि प्रधानले उद्योगी व्यवसायीको मुद्दाको अध्ययन गरेर सरकारमार्फत संबोधनको प्रयास गर्ने बताएका थिए। उनले आफू पदका लागि नभएर उद्योगी व्यवसायीको समस्या समाधानका लागि गएको समेत जिकिर गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *