२०८१ वैशाख २२ गते | 4th of May 2024

एनआरएनए अमेरिकाको निर्वाचन रोक्न आईसिसी सदस्यहरुद्दारा उजुरी

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत २४ गते १५:२७

अमेरिका – सदस्यताको प्रमाकिकरण नसकी आगामी मे महिनाको २९ र ३० तारिख गरिने भनिएको एनआरएनए अमेरिकाको निर्वाचन रोक्नका लागी एनआरएनए आईसिसी सदस्यहरुले अध्यक्ष कुमार पन्तसंग उजुरी गरेका छन । आईसिसी सदस्यहरु प्रमोद सिटौला, पुरुषोत्तम बोहोरा, होमनाथ गौतम, बिष्णुमाया परियार, स्वराज खाती, डा. हरी दाहाल, यमुना भट्टराई र अमेरिकाज महिला संयोजक उमा कार्की थापाले मतदाताको नामावली सार्वजानिक नगरी निर्वाचन तालिका सार्वजानिक गरिएकोमा आपत्ती जनाएका छन ।

आईसिसी सदस्यहरुद्दारा जारी वक्तव्यमा बुंदागत रुपमा एनआरएनएनए अमेरिकाले सम्मानित आईसिसीलाई अटेर गरेको, आईसिसीले निर्णय गरेका बिधान र निर्देशनहरुलाई पालना नगरेको र एनआरएनए अमेरिकाका निर्वाचन आयुक्तको भूमिका शंकास्पद र पारदर्शी नभएका कारण मनोमानी तरिकाले घोषित निर्वाचन रोक्नुपर्ने कारणहरु दर्शाईएका छन ।

आईसिसीका सदस्यहरुद्दारा जारी वक्तव्य :

अध्यक्ष कुमार पन्त ज्यु,
गैरआवासिय नेपाली संघ अन्तराष्ट्रीय समन्वय समिति ।

बिषय: तत्काल निर्वाचन प्रक्रिया रोक्न निर्देशन गर्न हुन।

अध्यक्ष ज्यु,
संघको जनवरी २३-२४ मा सम्पन्न विशेष महाधिवेशनले संघको मौजूदा विधानलाई संसोधन गरि सर्वसम्मतिले पारित गरेको छ र त्यो लागू हुने अन्तिम चरणमा रहेकै अवस्थालाई जानीबुझी तथा सो अवस्था को बारेमा महासचिव ज्यु ले मार्च २९,२०२१ का दिन आधिकारिक सर्कुलर मार्फत सचेत गराउँदा गराउँदै अटेर गरि NRNA NCC of USA ले निर्वाचन को मिति घोषणा गरेको ले हामी USA बाट प्रतिनिधित्व गर्ने ICC सदस्यहरु आश्चर्य चकित भएको छौ, हामी हाम्रो विधानलाई सर्वोपरि ठान्दै तत्काल NRNA NCC of USA को निर्वाचन तत्काल गर्नु पर्ने निम्न कार्यहरु सम्पन्न नहुँदा सम्म निर्वाचनको सम्पुर्ण प्रकृया रोक्न हार्दिक अनुरोध गर्दछौ ।

(क) निर्वाचनका लागि सर्वप्रथम मतादाता नामावली सार्वजनिक गर्नु पर्नेमा अहिले सम्म भेरीफाईकै प्रकृयामा रहेको मतदाता सूची भेरीफाई नभै सक्दा सम्म प्रकशित गर्न मिल्दैन। सुचि प्रकाशित नगरिकनै निर्वाचन आयोगले मनोमानी ढंगले निर्वाचन गराउने प्रयास गर्नुमा बिल्कुलै दुरासय देखिन्छ यस्तो हतारो किन ?

(ख) आईसिसिले लामो समय देखि अमेरिकामा सदस्यता वितरण र त्यसको पारदर्शिताको विषयमा जनमानस र अभियंताहरुले प्रश्न खडा गरेका कारण थप पारदर्शि बनाउन र बनेका सदस्यहरुलाई आईसिसिको केन्द्रीय प्रणालीमा समायोजन गर्न संघका उपाध्यक्ष सोनाम लामाको नेतृत्वमा गठित आईसिसि पदाधिकारीहरुनै रहेको समिति घोषणा गरि सकेको परिपेक्षमा सदस्यता भेरिफिकेसन कार्य सम्पन्न नहुँदै कसरी निर्वाचन प्रक्रिया शुरु हुन्छ ? आईसीसी संग अटेर किन ? त्यसको जानकारी सम्पुर्ण एनआरएन मतदाताको थाहा पाउने अधिकारको सुनिश्चित हुन जरुरी छ कि छैन ?

(ग) एनआरएन अमेरिकाले आईसिसिको विशेष महाधिवेसनबाट पारित विधानको दफा २४(१) अनुसार राष्ट्रिय महाधिवेशन जुलाई महिनाको १ देखि ३१ तरिखसम्म सम्पन्न गर्ने भन्दै संसारभरको एनसिसिलाई दिइएको निर्देशन पालाना नगरेकोले यसरी गर्न लागिएको निर्वाचन आईसिसिबाट मान्य नहुने हुँदा हुँदै पनि के को आधारमा निर्वाचन तालिका सार्वजनिक गरिएको हो ?

(घ) अमेरिका जस्तो देशमा रहेर पनि अघिल्लो राष्ट्रीय निर्वाचन पारदर्शि नगरिएको ,प्रविधिको तथा पदको दुरुपयोग गरिएका कारण अदालतमा मुद्दा खेपिरहनु भएका प्रमुख निर्वाचन आयूक्तको नेतृत्वमा हुन लागेको निर्वाचन कसरी कानुनत मान्य हुन सक्दछ ?

त्यसैले यी माथी उल्लेखित कुराहरु स्पष्ट रुपमा निराकरण नगरिय सम्म निर्वाचन गर्ने कुरा आफैमा हास्यास्पद छ।यि कुराहरु छिटो भन्दा छिटो निराकरण गर्न र गराउन हामी जोडदार माग गर्दछौ ।

उमा कार्की थापा – महिला संयोजक एनारएनए अमेरिकाज
ICC सदस्यहरु :
प्रमोद सिटौला
होम गौतम
डा. विष्णुमाया परियार
स्वराज खाती
यमुना भट्टराई
डा. हरी दाहाल
पुरुषोत्तम बोहरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *