भर्जिनिया – नेपाल अमेरिका पत्रकार संघ (नेजा)को सातौं अधिबेशन डिसी मेट्रो क्षेत्र – भर्जिनियामा हुने भएको छ । नेजाको सातौं अधिवेशन गत जुलाईमै सम्पन्न गर्नका लागि तयारी समिती पनि बनेको अवस्थामा कोभिड महामारीका कारण स्थगित गर्नुपरेको थियो । गत आईतवार सम्पन्न नेजाको बैठकले सातौं अधिवेशन आगामी जुलाई २४ र २५ का दिन भर्जिनिया- डिसी मेट्रो क्षेत्रमा गरिने जनाएको छ ।
नेजाका महासचिव किरण मरहट्ठाद्दारा जारी वक्तब्यमा नेजाको सातौं अधिबेशन भर्जिनियामा सम्पन्न गर्नका लागि क्षेत्रीय संयोजक लीला ओझालाई संयोजक तोकिएको छ ।
नेजाद्वारा जारी बिज्ञप्ती :
नेपाल अमेरिका पत्रकार संघ(नेजा)को सातौँ महाधिबेशन तथा १४औँ साधारणसभा भर्जीनियामा जुलाइ २४ र २५, २०२१ मा हुने भएको छ ।
काबा अध्यक्ष विकासराज न्यौपानेको अध्यक्षतामा सल्लाहकार सहित अप्रिल ४ आइतबार बसेको नेजा कार्यसमितिको वैठकले मिति तय गर्दै अधिबेशन तथा साधारणसभा सम्पन्न गर्न डिसि मेट्रो क्षेत्रको नेजा क्षत्रिय संयोजक लिला ओझालाइ संयोजक तोकेको छ । संयोजन समितिका अन्य सदस्यहरु अगामी बैठकले विस्तार गर्नेछ ।
नेजाको गतबर्ष मे मा हुने तय भएको अधिबेशन कोरोना महामारिको कारण स्थगित भएको थियो । महामारि पुर्णतः साम्य नभैसकेको भएता पनि खोप लगाउने कार्य तिव्ररुपमा भैरहेको र कयौँः राज्यहरुमा भेला गर्न तथा स्वतन्त्र आवतजावत गर्न फुकुवा गरिसकेको परिस्थितिलाइ मध्यनजर गर्दै जुलाइ महिनासम्म अमेरिकाभर अवस्था सामन्य बन्ने अपेक्षाका साथ संस्थाको गतिशिलतालाइ जिवन्त राख्न अधिबेशनको मिति तोकिएको हो ।
यस सन्दर्भमा, अमेरिकाभर रहनुभएका नेजा सदस्यलाइ महाधिबेशनमा सहभागिताको लागी अनुकुलता मिलाइ राख्नुहुन समेत यसै विज्ञप्ति मार्फत हार्दिक अनुरोध गरिएको छ ।
किरण मरहठ्ठा
महासचिव
अप्रिल ५, २०२१