अस्टिन – टेक्सासको अस्टिनमा पोखराका रमेश थापाको अज्ञात ब्यक्तिको गोली प्रहारले मृत्यु भएको छ । मंगलबार राती करिव साढे १२ बजे ग्यांस स्टेशनको आफ्नो काम घर फर्किरहेको अवस्थामा थापा बस्ने अपार्टमेन्ट कम्प्लेक्स भित्र भएको यस दुखद घटनामा ज्यान गुमाएका उनी आफ्ना भाईसंगै बस्दथे ।
गोली हानिएको सुचना पाए लगत्तै प्रहरी घटनास्थल पुगेको भएपनि यस अघि नै उनको मृत्यु भै सकेको र हाल उनको शब पोस्टमार्टमको लागि अस्पताल लगिएको छ ।
नेपालीहरुको बाक्लो बसोबास रहेको टेक्ससको अस्टिनमा सुन्दर सपना बोकेर झण्डै एघार वर्ष अघि थापा मेक्सिसको हुदै अमेरिका आएका थिए । तीन वर्ष अघि मात्र भाई लक्ष्मण पनि अमेरिका आएका थिए ।आफ्ना दाजुको दुखद निधन पछि भाइ लक्ष्मण भावविह्वल बनेका छन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।