२०८१ वैशाख २२ गते | 4th of May 2024

एनआरएनए अमेरिकाको विशेष साधारण सभाको माग

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत २६ गते ४:२३

अमेरिका – एनआरएनए अमेरिकाको निर्वाचन मिती केही बिधी र पद्धतीको अवमुल्यन गरेर घोषणा गरिएको सम्बन्धमा एनआरएनए अमेरिकाको बिशेष साधारण सभाको माग गरिएको छ । एनआरएनए अमेरिकाको निर्वाचन २०२१-२०२३ का लागि अध्यक्ष पदका प्रत्यासी कृष्ण लामिछानेले निर्वाचन मिती घोषणा पुर ‘केही नितिगत प्रकृया नअपनाई हतारमा गर्नुको’ कारणप्रति आशंका ब्यक्त गर्दै बिशेष साधारण सभाको लागि हस्ताक्षर अभियान शुरु गरेको बताएका छन ।

अध्यक्षका प्रत्यासी लामिछानेद्दारा प्रेषित वक्तव्य :

आदरणीय अमेरिकाबासी नेपाली आमाबुवा, दिदीबहिनी, दाजुभाई, ईष्टमित्र एवं आफन्तजन तथा पत्रकार मित्रहरु तपाईहरु सबैमा हार्दिक नमस्कारले अभिनन्दित गर्दछु। बिषय:- बिशेष साधरण सभा यथाशीघ्र आव्ह्रान गर्ने सम्बन्धमा। उपरोक्त सम्बन्धमा हामीहरु आजसम्म आईपुग्दा गैर आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद अमेरिकाको सन् २०२१-२३ को नयॉं कार्यकालको संघार रहेको ब्यहोरा तपाई हामी सबैलाई जानाकारी नै छ। कुनैपनि संघ संस्थाहरुको निर्बाचनको प्रकृयामा प्रवेश गर्नुपुर्व सामान्यतया केही बिधी र पद्धतिलाई पछ्याउँदै स्थापित मान्यताहरुको अनुशरण गर्नु सबैको कर्तव्य नै हो।

गैर आबासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद अमेरिकाको निर्बाचन तालिका प्रकाशन पुर्व गर्नुपर्ने केहि नीतिगत र प्रकृयागत कार्यहरु पुरा नगरी हतार हतारमा निर्बाचनको सम्बन्धी काम कारवाही शुरुवात गर्नुको पछाडीको नियत ठिक छैन। निर्बाचन निर्वाचनको लागी मात्र होईन, यसले संस्था स्वंयम र सिंगो समाजलाई सहि गति दिने काम गर्दछ। तर, यहॉं त त्यसको अलवा ठिक बिपरित मनोपली तबरबाट बिधी, पद्धति र बिधमान ब्यबस्थालाई एकातिर लत्याउँदै अगाडी जाने जुन कोशिशहरु नेपथ्यमा बसेर गरिदै छ, त्यसको बिरुद्ध एकजुट हुन म सम्बन्धित सबै सदस्यज्यूहरु लाई बिनम्रमता पुर्वक हार्दिक अनुरोध गर्दछु। निष्पक्ष, पारदर्शी र बिश्वसनिय ढंगबाट निर्वाचन सम्पन्न गर्ने प्रमुख दायित्व बर्तमान कार्यसमिति, सदस्यता भेरिफिकेसन समिति, निर्बाचन समिति र तपाई हामी सबै आजिबन तथा साधरण सदस्यहरुको हो।

नेपाल सरकारबाट भर्खरै मात्र गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रीय समन्वय परिषदको संशोधित बिधान प्रमाणिकरण भएर आएको अहिलेको परिप्रेक्ष्यमा हामीले पनि उक्त संशोधित बिधानले ब्यबस्था गरेको मापदण्डलाई अंगीकार र स्वीकार्दै त्यसले निदृष्ट गरेको बिधि र प्रकृयालाई पालना गर्दै अगाडी बढ्नुको बिकल्प छैन। तसर्थ, गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रीय समन्वय परिषदको परिमार्जित बिधानले दिएको निर्देशनको मातहतमा रहि गैर आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद अमेरिकाको बिधान 2020 को दफा 90 मा भएको ब्यबस्था अनुसार यथाशीघ्र आफ्नो “बिशेष साधारण सभा“ बोलाउन म हार्दिक अपील गर्दछु। बिशेष साधरण सभाबाट तयार हुने नयॉं मापदण्डको आधारमा आगामी निर्वाचनमा जॉंदा अहिले देखिएको धेरै समस्याहरु स्वत: नै निबारण साथै समाधान हुनेछ भन्ने बिशेष अनुरोध गर्दछु।

बिशेष साधारणसभामा निम्न बिषयहरु निर्णयार्थ लगिने कुरा समेत सूचित गर्दछु। १-ICC Members Verification Committee लाई NCC अमेरिकाको सदस्यता निष्पक्षरुपमा Verification गर्न दिनुपर्छ। २- Third party मार्फत निर्बाचनको प्रकृया र बिश्वसनिताको जाँच गराउन। ३ – ICC को मापदण्ड अनुरुप MIS System अनुसार निर्वाचन हुनुपर्ने छ। कृपया यहॉंहरु सबै सदस्यहरुले यसमा सहमति जनाउँनु हुन म हार्दिक अनुरोध गर्दछु।

साधारण सभा आव्हानको लागि यो लिन्कमा दस्तखत गर्न सकिनेछ

तपाईहरुको
कृष्ण प्रसाद लामिछाने
गैर आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद, अमेरिका
आसन्न निर्वाचनको अध्यक्ष पदको प्रत्यासी
डालस टेक्सस
जय एनआरएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *