२०८१ माघ ११ गते | 24th of January 2025

चार मन्त्रीको पद गयो, फेरी नियूक्त गर्नुपर्ने व्यवस्था

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत २६ गते १४:०५

काठमाडौं-  सभामुख अग्नि सापकोटाले नेकपा माओवादी केन्द्रका चार सांसदको पद खोसिएको सूचना प्रतिनिधि सभामा सुनाएसँगै ती सांसदको मन्त्री पद पनि गुमेको छ।  नेकपा माओवादी केन्द्रका सांसदहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले अन्य दलको राजनीतिक गतिविधिमा संलग्न भएको देखिएको भन्दै माओवादी केन्द्रले सांसदबाट हटाएको हो।

‘उहाँहरू सांसदबाट हटेसँगै मन्त्री पदबाट पनि हट्नुभयो’, पूर्वसभामुख एवम् प्रतिनिधिसभामा सत्तारूढ नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, ‘मन्त्री बन्न अब उहाँहरूलाई प्रधानमन्त्रीले संविधानको अर्को धाराबाट नियुक्त गर्नुपर्छ।’ संविधानको धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्ति मन्त्री हुन सक्ने व्यवस्था छ। तर त्यसरी मन्त्री भएको व्यक्तिले ६ महिनाभित्र प्रतिनिधिसभा वा राष्ट्रियसभामध्ये एकको सदस्यता प्राप्त गर्नुपर्नेछ।

उनीहरूले अहिले संविधानको धारा ७६ को उपधारा ९ अनुसार मन्त्री भएका थिए। माओवादी केन्द्रका चार सांसदले सर्वोच्चको फैसलाबाट नेकपा साविकको अवस्थामा फर्किए पनि नेकपा एमालेमै बस्ने निर्णय लिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *