२०८१ फागुन ४ गते | 16th of February 2025

नयाँ सरकार गठनका लागि नेपाली काँग्रेसले अग्रसरता लिने संकेत

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत २६ गते १४:२३

काठमाडौँ– नयाँ सरकार गठनका लागि नेपाली काँग्रेसले अग्रसरता लिने सँकेत गरेको छ ।   कांग्रेसले  शुक्रबार दिउँसो ३ः०० बजे पार्टी कार्यालय सानेपामा जनता समाजवादी पार्टी (जसपा) र नेकपा (माओवादी केन्द्र)सँग बैठक गर्ने भएको छ। यो बैठकसँगै नयाँ सरकार गठन प्रक्रियाका लागि वातावरण बन्ने कांग्रेसको विश्वास गरेको छ।

कांग्रेस उच्च स्रोतका अनुसार शुक्रबारको बैठकमा जसपाका दुबै खेमाका नेताहरुलाई पार्टी सभापति शेरबहादुर देउवाले विशेष निम्तो दिएका छन्। देउवाको निम्तोलाई जसपाका नेताहरुले सकारात्मक रुपमा लिएको स्रोतले बतायो। बैठकमा जसपाका उपेन्द्र यादव, बाबुराम भट्टराईसँगै महन्थ ठाकुर र राजेन्द्र महतो पनि सहभागी हुने स्रोतको भनाइ छ।  ठाकुर र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गराउने र आफ्नो नेतृत्वमा सरकार गठन गर्ने कांग्रेसको निर्णय एकलौटी भएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। ओलीले विघटन गरेको संसद सर्वोच्च अदालतले पुनःस्थापना गर्ने फैसला गरेको ३९ दिनपछि चैत २० गते मात्रै कांग्रेसले ओलीलाई सत्ताबाट हटाउने र आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो।

शुक्रबार देउवाले बोलाएको बैठकमा माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरु सहभागी हुनेछन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *