२०८३ जेठ १० गते | 24th of May 2026

यी हुन नेपाललाई आर्थिक सहायता दिने प्रमुख दाताहरु

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत २७ गते १५:०५

काठमाडौं –  नेपाललाई  गत वर्ष शीर्ष १० साझेदारले ९४.७ प्रतिशत विकास सहायता गरेका छन् । यसमा एडीबी (एसियाली विकास बैंक) नेपालमा विकास सहायताको सबैभन्दा ठूलो दातृ निकायका रुपमा देखिएको छ । नेपालले पाएको कूल दुई अर्ब ३० लाख अमेरिकी डलर बराबरको वैदेशिक सहायता रकममा एडीबीको ३१ प्रतिशत हिस्सा छ ।

त्यस्तै विश्व बैंकको २३ प्रतिशत, अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को ११ प्रतिशत, संयुक्तराज्य अमेरिकाको ६ प्रतिशत र चीन, भारत तथा बेलायतको समान ५÷५ प्रतिशत योगदान रहेको प्रतिवेदनमा उल्लेख छ । एडीबीसँग ५७ करोड २० लाख, विश्व बैंकसँग ४३ करोड, र आईएमएफसँग २१ करोड ४० लाख अमेरिकी डलर ऋण रहेको प्रतिवेदनमा भनिएको छ । क्षेत्रगत रुपमा हेर्दा स्वास्थ्य क्षेत्रमा सबैभन्दा धेरै ३१ करोड ८० लाख अमेरिकी डलर, सडक पूर्वाधारका क्षेत्रमा १३ करोड ९० लाख, आर्थिक पुनरुत्थानका कार्यक्रममा २१ करोड ८० लाख, आवासका क्षेत्रमा १५ करोड ३० लाख, ऊर्जाका क्षेत्रमा १४ करोड ३० लाख, शिक्षाका क्षेत्रमा १३ करोड ३० लाख अमेरिकी डलर सहयोग गत आर्थिक वर्षमा नेपालले प्राप्त गरेको छ ।

युरोपियन युनियन र वर्ल्ड बैंकको सहायता पनि बढिरहेको छ । यता २०१७/१८ र ०१८/०१९ मा बढेको चाइनिज सहायता २०१९/०२० मा फेरि घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *