२०८१ वैशाख २१ गते | 3rd of May 2024

रामबाबु पान्डे : एनआरएनए अमेरिका उपाध्यक्ष पदका उमेद्वार

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत २७ गते २१:४७

लस एन्जलस – एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागि रामबाबु पान्डेले उपाध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका छन् । लस एन्जलस क्षेत्रलाई कर्मक्षेत्र बनाएर बिगत लामो समयदेखी सामाजिक कार्यमा सक्रिय पान्डेले गतिशिल, समावेशी र उर्जाशील एनआरएनए निर्माणका लागि आफुले उपाध्यक्ष पदमा उमेदवारी दिएको बताए ।

एनआरएनए अमेरिका क्यालिफोर्निया च्याप्टर २०१७-२०१९ कार्यकालका अध्यक्ष रहेका पान्डे त्यस अगाडी क्यालिफोर्निया च्याप्टरकै उपाध्यक्ष रहेर काम गरिसकेका ब्यक्तित्व हुन् । आफ्नो कार्यकालमा च्याप्टरमा ईमर्जेन्सी फन्ड स्थापना, एक डलर अभियान लगायतका पपुलर कार्यक्रम शुरु गरेका थिए ।

पान्डेकै कार्यकालमा क्यालिफोर्नियाको सानफ्रान्सिस्को शहरमा सम्पन्न ‘प्रथम एनआरएनए अन्तराष्ट्रीय विज्ञ भेला’ को संयोजन गरिएको थियो ।विज्ञ भेलाका होस्ट पान्डे लस एन्जलस क्षेत्रका हरेक सामुदायिक संस्थामा नेतृत्वदायी भुमिका निर्वाह गरिसकेका छन् ।

श्रीपशुपतिनाथ फाउन्डेशनका सदस्य समेत रहेका पान्डे कम बोल्ने तर काम गर्ने प्रवृतिको परिचय बनाएका पान्डे एनआरएनए अमेरिकामा रहेर सामुहिक एकता र हितको काम गर्ने अभिलाषाले उपाध्यक्ष पदको उमेद्वारी सहित अघि सरेको खुल्लामन्चलाई बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *