काठमाडौ- नेपाल पत्रकार महासङ्घमा बिपुल पोखरेल समुहको पुरै प्यानल निर्वाचित भएको छ। शनिबार दिउँसो सम्पन्न मतगणनामा अध्यक्षका उम्मेदवार विपुल पोखरेलले ३ हजार बढि फराकिलो मतअन्तरले अर्का प्रत्यासी निर्माला शर्मालाई पराजित गरेका हुन ।
शर्माले ३ हजार ९ सय १५ मत ल्याउदा पोखरेलले ६ हजार ९ सय ४२ मत ल्याएर विजयी भएका हुन । वरिष्ठ उपाध्यक्षमा पोखरेल प्यानलकै रमेश बिष्ट (६७४१) , उपाध्यक्ष महिला बाला अधिकारी( ७२२६) ,उपाध्यक्ष समावेशी उदय जिएम (६११७) , महासचिव रोशन पुरी (६२४२) मत प्राप्त गरि विजयी भएका छन । अन्तिम मत परिणाम अनुसार पोखरेल नेतृत्वको पुरै प्यानल विजयी भएको छ ।