२०८१ साउन १२ गते | 27th of July 2024

नेपालका विद्यालय कम्तिमा ३ साता बन्द गर्न सिफारिस

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत २८ गते १४:४१

काठमाडौ – कोरोना संक्रमण बढ्दै गएको र अवस्था थप भयावह हुन सक्ने निष्कर्षका साथ कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कम्तिमा ३ साता विद्यालय बन्द गर्न सिफारिस गरेको छ । कोरोनाको नयाँ भेरियन्ट देशमा देखिन थालेको र सोको असर विद्यालय जाने उमेर समूहमा पर्ने निष्कर्षका साथ यस्तो सिफारिस गरिएको हो ।

विद्यालय बन्द भएपनि  अनलाइन माध्यमबाट पठनपाठन सन्चालन मिलाइने सीसीएमसीले भनेको छ । यसअघि स्वास्थ्य मन्त्रालयले पनि विद्यालय बन्द गरेर अनलाइन माध्यमबाट पठाउने गरी निर्णय गर्न सीसीएमसीमा सिफारिस गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *