२०८२ फागुन ३० गते | 14th of March 2026

आज साउने संक्रान्ति देवघाटमा भक्तजनहरुको भीड

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १ गते ४:५५

काठमाडौ १ साउन । चितवन स्थित पवित्र तिर्थस्थल देवघाटमा भक्तजनहरुको भीड लागेको छ । साउने संक्रान्तिकारण भक्तजनहरुको भीड लागेको हो । साउन लागेसंगै संक्रान्ति मेला पनि सुरु भएको छ। संक्रान्तिमा स्नान गर्ने भक्तजनहरुको भीड लागेको छ। आइतबार साउनको पहिले दिन हिन्दू संस्कारअनुसार साउन महिनालाई वर्षकै सबैभन्दा चोखो महिनाको रुपमा लिने गरिएकाले यो महिनाभर श्रद्धालुहरुले चोखो गरी विभिन्न पूजा आराधना गरेर विशेष रुपमा मनाउँछन्।
साउन महिना भरी समयमा महिलाहरु हरियो कपडा र चुरा तथा मेहन्दीमा सजिने गर्दछन् भने पुरुषहरु पनि ब्रत बसेर पुजा गर्ने गर्दछन्। ब्रत बसेर स्नान गरी देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजा आराधना गरे आफ्नो मनोकामना पूरा भई सुख÷शान्ति मिल्ने विश्वास सर्वसाधारणको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *