२०८१ वैशाख २३ गते | 5th of May 2024

टिकटकले ज्यान पनि लिन सक्छ

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत २९ गते ६:२२

  काठमाडौं- गर्मी मौसम, त्यसमा पनि बिदाको दिन कैलालीको कर्णाली चिसापानी क्षेत्रमा घुम्नेको भीडभाड नै लाग्ने गर्दछ । पछिल्लो समय उक्त क्षेत्रमा कोहि पिक्निकका लागि त कोहि र्याफ्टिङका लागि त कोहि चिसापानीको माछा खादै तस्बिर लिन र टिकटक बनाएर रमाउनका लागि चिसापानी पुग्ने गर्दछन् ।
बर्दिया र कैलालीको सीमा भएर बग्ने कर्णाली नदीमा बनेको चिसापानी पुल नै त्यसक्षेत्रको आर्कषण केन्द्र हो । टिकटकमा प्रख्यात र अरुका अगाडि फरक देखाउने होडमा चिसापानीमा शनिबार दुखद घटना भएको छ ।
कैलालीको चिसापानीमा शनिबार घुम्न गएका तीनजना युवाले पुलबाट नदीमा हाम्फाल्दा एकजना बेपत्ता भएकाछन् भने दुईजनाको उद्धार गरिएकोछ ।
एउटै विद्यालयमा अध्ययनरत् आठ जना संगै घुम्न गएका मध्ये कोहि टीकटकमा व्यस्त थिए त कोहि फोटो खिच्नमा व्यस्त थिए । तीनै मध्येका तीन जना मध्ये शुरुमा हाम्फालेका लाई बचाउन बाँकी दुई जनाले हाम्फालेका थिए ।
ईलाका प्रहरी कार्यालय चिसापानीका अनुसार शनिबार दिउँसो लम्कीचुहा नगरपालिका २ का साथीहरुसंग घुम्न आएका मध्ये लोकेश प्याकुरेल,बिरेन्द्र सिंह र सञ्जय खड्काले नदीमा हाम फालेका थिए । हाम्फालेका मध्ये लोकेश प्याकुरेल र बिरेन्द्र सिंहको उद्धार गरिएको छ भने सञ्जय खड्का भने बेपत्ता भएकाछन् ।
प्रहरी कार्यालय प्रमुख दीर्घ बोगटीले शनिबार ब्राईट फियुचर एकेडेमी लम्कीमा कक्षा १० मा अध्ययनरत् ८ जना मध्ये ५ जना एकातिर फोटो खिच्दै गरेका र ती जना युवा पुलबाट हाम फालेको बताउनुभयो ।
हाम फाल्ने मध्ये बिरेन्द्र सिंह पौडिएर निस्केका थिए । सिंहले आफू पौडी खेल्न जान्ने भएकाले साथीलाई बचाउन हाम्फालेको प्रहरीलाई बताएको जनाइएको छ । पौडी खेल्न जान्ने भए पनि घोप्टो पर्दा छातीमा चोट लागी पानी भित्र निसासिएर पौडिन नसकी डुबेको हुनसक्ने प्रहरीको अनुमान छ ।
नजिकै र्याफ्टिङमा रहेका र प्रत्यक्षदर्शी स्थानीयले तुरुन्त प्रहरीलाई खबर गरेपछि डुबेको केहि समयमै लोकेश प्याकुरेलको उद्धार गरिए पनि सञ्जय खड्का भने डुबेका डुबै भएका थिए ।
कार्यालय प्रमुख बोगटीले लोकेश प्याकुरेल डुबेको केही समयमा कहि पर देखिएपछि तुरुन्त उद्धार गरिएको बताउँदै अर्का खड्का भने कतै नदेखिएपछि उद्धार गर्न समस्या भएको बताउनुभयो ।
उद्धार गरिएका प्याकुरेलको नाकमुखबाट रगत आएकाले केहि समय स्थानीय अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *