गोरखा – गोरखा नगरपालिका १० विरेन्चोकका स्वस्तिक अर्याल सानैदेखि नृत्यमा रुची राख्थे । आमा सरिता र बुबा कृष्ण अर्यालका कान्छो छोरा उनी सानैदेखि विद्यालयमा हुने साँस्कृतिक कार्यक्रमहरुमा सहभागी हुन्थे । उनै स्वस्तिक गतहप्ता भएको नेपालको अहिलेसम्मकै महंगो पुरस्कार राशीको ‘मेरो डान्स युनिभर्स’को फाइनलमा पुगेका छन् ।
भोटिङ्गको लागि तलको जानकारी अपनाउनुहोला :
1.Download “My Intra”
2.Click “Mero Dance Universe”
3.Click “Vote Now”
4.Click “Swastik Aryal”
Click this link and vote for Swastik
इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले आयोजना गरेको ‘मेरो डान्स युनिभर्सकमा उनी गतहप्ता ‘पर्फमेन्स वीक्’ बन्दै सेमिफाइनलबाट सिधै फाइनल अर्थात शीर्ष ५ मा पुगेका हुन् ।
गोरखाको सेन्ट जोसेफ स्कूलमा कक्षा १० सम्म अध्ययन पूरा गरी उनी २०७३ मा पढाइसँगै आफ्नो नृत्य कलाको भविष्य खोज्दै काठमाडौँ छिरेका थिए । ‘सुरुमा पढाइकै लागि भनेर काठमाडौ आएको थियो । पछि पढाइसँगसँगै नृत्य कलाको रुची भएका कारण यहि क्षेत्रमा आवद्ध भएका हो,’ उनले भने । व्यवसायिक रुपमा यही क्षेत्रमै लागेको ६ वर्ष भइसकेको उनले बताए । पप्पिङ स्टालकासँगै हिपप्, मोर्डन स्टाइलको डान्समा उनी दख्खल राख्छन् ।
उनले काठमाडौबाट गोरखा जिल्लाको प्रतिनिधित्व गर्दै अडिसनमा भाग लिएका थिए । नृत्य कलाका क्षेत्रमा गोरखाका कमै मात्र रहेको र यो इन्टरननेशनल रियालिटी शो भएकाले आफनो नृत्य प्रस्तुत गर्नुका साथै गोरखासँग सम्बन्धित विषयबस्तु प्रस्तुत गर्न यो रियालिटी शोमा भाग लिएको उनको भनाइ छ । अर्यालले नेपाल एकीकरणका नायक राजा पृथ्वीनारायण शाहदेखि २०७२ सालमा गएकोे भूकम्पको विषयबस्तुलाई रियालिटी शोमा प्रस्तुत गरेका थिए । आगामि दिनमा हुने विदेश यात्रामा समेत उनले आफनो जिल्लाको विषयबस्तुका बारेमा प्रचारप्रसार गर्ने बताएका छन् ।
जिल्लावासीद्दारा भब्य स्वागत :
उनले व्यक्तिगत रुपमा प्रतिस्पर्धा नगरेपनि यसअघि विभिन्न रियालिटी शोहरुमा समूहगत नृत्यहरुमा भने पटक पटक सहभागिता जनाइसकेका थिए । आफनो व्यक्तिगत रुपमा प्रतिस्पर्धामा उत्रिएको भने यो नै पहिलो पटक भएको अर्याल बताउँछन् ।
६ दाजुभाइका कान्छा छोरा उनका बुवा आमा भने अमेरिकामा बस्छन् । गोरखाको विरेन्चोकमा भने हजुर आमा र हजुरबुवा मात्र रहेका छन् । परिवार विदेशमा भएता पनि उनी आफु भने नृत्य क्षेत्रमा भविष्य खोज्दै नेपालमै केही गर्ने योजना बनाइरहेको र अझै धेरै संघर्ष गर्न बाँकी रहेको उनी सुनाउँछन् । यदि यो प्रतियोगितामा विजयी भएमा त्यहाँबाट पाएको रकमले नेपाली नृत्यको क्षेत्रमा लगानी गर्ने उनको सोच छ ।
आगामि भदौ २ गते फाइनल हुने भएकाले त्यसअघि नै भोट दिएर सहयोग गरिदिन समेत सबैलाई उनले आग्रह गरे ।
उनी आफनो जिल्लाबासी भेटघाट गर्न मंगलबार गोरखा गएका थिए । स्थानिय बिरेन्चोक, उनी पढेको स्कुल सेन्ट जोसेफ र जिल्लावासीले उनलाई भब्य स्वागत गर्दै सहयोगको लागी अपिल गरेका छन । साउन २७ गते शनिबार बेलुकादेखि भदौ २ गते शनिबारसम्म भोटिङ खुल्ला हुने भएकाले आफुलाई भोट गरिदिन समेत उनले आग्रह गरेका छन् ।
सो प्रतियोगिताका विजेताले १ करोड नगद पुरस्कार पाउने बताइएको छ । त्यसैगरी, फस्ट रनर अपले ३० लाख र सेकेन्ड रनर अपले २० लाख पुरस्कार पाउनेछन् । नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा धेरै धनराशी हुने शो भएको आयोजकको दाबी छ ।
इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशनले ‘मेरो भ्वाइस युनिभर्स’ र ’मेरो डान्स युनिभर्स’ नामक रियालिटी शो संचालन गर्दै आएका छन् । नेपाली संस्कृतिलाई विश्वभर प्रवर्द्धन गर्ने उद्देश्यले शो गरिएको बताइएको छ ।