२०८१ साउन १२ गते | 27th of July 2024

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा घोडेजात्राको अवलोकन

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत २९ गते १४:४३
काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी आज टुँडिखेल जानुभई घोडेजात्राको अवलोकन गर्नुभएको छ । त्यस अवसरमा नेपाली सेनाको परमाधिपति समेत रहनुभएका राष्ट्रपति भण्डारीले म्युजिकल राईडरमा प्रथम र द्वितीय हुने क्रमशः सहसेनानी प्रवेश खड्का र उपसेनानी दिपीन थापा तथा शो जम्पमा प्रथम भएका सिपाही ओमप्रकाश यादव र द्वितीय जमदार जगदीश घिसिङलाई पुरस्कार प्रदान गर्नुभयो ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश, सभामुख, मन्त्रिगण, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, संवैधानिक निकायका प्रमुख, सुरक्षा अङ्गका प्रमुख एवं समाजका विभिन्न क्षेत्रका महानुभावहरू टुँडिखेल पुग्नुभएको थियो । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन टुँडिखेलमा घोडेजात्रा मनाइँदै आएको परम्परा छ । घोडेजात्रा पर्व काठमाडौँ उपत्यकामा मात्र मनाइने परम्परा भएता पनि पछिल्लो समयमा यस पर्वले राष्ट्रिय पर्वकै रुपमा मान्यता पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *