२०८१ साउन ११ गते | 26th of July 2024

प्रदेश न २ : सबै दल प्रचार प्रसारमा राजपा भने अलमल

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १ गते ५:२५

 

काठमाडौ १ साउन । आगामी असो २ गते हुने प्रदेश न २ को निर्वाचनमा राजपा नेपालको स्पष्ट धारणा आउन सकेको छैन   । स्वागत गर्ने कि बाहिस्कार गर्ने भन्ने विषयमा स्पष्ट धारणा नआउदा भित्री रुपमा स्वीकारेको देखिन्छ । संविधान शंशोधन नगरी चुनाव गर्न नदिने र गरेमा बाहिस्कार गर्ने चेतावनी दिएको राजपाले तेश्रो चरणको निर्वाचनको बारेमा स्पष्ट धाराणा दिन सकेको छैन ।
राजपा नेपालको आधार क्षेत्र मानिएको सो प्रदेशमा प्रमुख तीन दलसहित संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिकसमेतका दलले निर्वाचन केन्द्रित अभियान थालिसक्दा पनि राजपा नेपाल भने अलमलमै देखिन्छ। राजपा नेपालले संविधान संशोधन, स्थानीय तहको संख्या जनसंख्याका आधारमा वृद्धि गर्नुपर्नेलगायत माग गर्दै पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन बहिष्कार गरेको थियो।
आन्दोलनरत राजपा नेपालसँग अहिले आन्दोलनका कार्यक्रम पनि केही छैनन्। प्रदेश–२ मा उसका कार्यक्रम अहिले शून्य अवस्थामा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *