२०८१ वैशाख २३ गते | 5th of May 2024

आगामी वैशाख ७ देखि ११ गतेसम्म कोरोना विरुद्धको दोस्रो डोज खोप लगाइने

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत ३१ गते १३:२६

काठमाडौँ – पहिलो चरणमा कोरोना विरुद्धको खोप लगाएकाहरुलाई आगामी वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज लगाइने भएको छ । गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म पहिलो मात्रा लिएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान, बैंक र वित्तीय संस्थाका कर्मचारी लगायतलाई दोस्रो डोजको खोप लगाइने सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

खोप अभियान देशभर सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ  । प्रदेश १ र लुम्बिनीका केही ठाउँमा भने खोपको दोस्रो मात्रा लगाइसकिएको छ । पहिलो चरणमा कोरोनाविरुद्धको कोभिशिल्ड खोप  ४ लाख ३८ हजार ८ सय ७९ जनाले लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *