२०८२ चैत १ गते | 15th of March 2026

हरिद्वारबाट पुर्व राजा ज्ञानेन्द्रको यस्तो सन्देश

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत ३१ गते १४:०५

काठमाडौँ-  नयाँ वर्ष २०७८ का अबसरमा पुर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना सन्देश जारी गरेका छन ।   पूर्वराजा शाहले पछिल्लो राजनीतिक परिदृश्यलाई संकेत गर्दै ‘फुटेर हैन, जुटेर शक्ति संरक्षण गर्न’ आग्रह गर्दै त्यसमा नेपालको कल्याण हुने  सन्देशमा  बताएका छन्।  ज्ञानेन्द्रले जारी गरेको शुभकामना सन्देशमा हरेक नयाँ वर्षमा सुख, समुन्नति, शान्ति र सन्तुष्टिको अपेक्षा गरिए पनि समयक्रममा ती सबै चकनाचुर भइरहेको उल्लेख गरेका छन्। ‘राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमान्दारी हामी सबैमा हुनुपर्दछ। यसका निम्ति आपसी भाँडभैलो, अनमेल र द्वन्द्वको अन्त्य हुनुपर्छ अनि समन्वय, सामञ्जस्य पनि रहनुपर्दछ’, शुभकामना सन्देशमा भनिएको छ, ‘हाम्रा पिता पुर्खा तथा त्यागी विरांगानाहरुले जोगाएको हाम्रो साझा बारी नेपाललाई सबै मिलेर स्याहार सुसार गर्नु र सजाउनु छ। अनावश्यक प्रकृतिको दोहन, आर्थिक अपचलन एवं वैदेशिक प्रभाव र परनिर्भरता त्याग्दै जानुपर्ने आवश्यकता हो।’

पूर्वराजा ज्ञानेन्द्रले टाठाबाठा मात्र मोटाउँदै जाने र निमुखा सर्वसाधारणको जीवनस्तर कहिल्यै नउठ्ने गतिविधि र पद्धति त्याग्न पनि आग्रह गरेका छन्।  पुर्व राजा शाह यति बेला हरिद्वार महाकुम्भ २०२१ का उपलक्ष्यमा हरिद्वारमा   रहेका छन । उनको त्यहाँ भब्य नागरिक अभिनन्दन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *