२०८१ वैशाख २२ गते | 4th of May 2024

डिसी मेट्रो क्षेत्रमा लामिछाने समुहको शक्ति प्रदर्शन !

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख १ गते ४:०१

बाल्टिमोर – लस भेगसमा एनआरएनए अमेरिकाको कार्यसमितिको बैठक पनि संस्थाको साधारण सभामा सदस्यहरु भेला जस्तै गरी समापन भयो । अमेरिकाका बिभिन्न राज्यहरुबाट एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागि आकांक्षी उमेद्वारहरु, संस्थाका शुभेच्छुकहरु लगायतकाहरुको सहभागीता लगत्तै लस भेगसबाट नजिकै रहेको युटाह राज्यमा शुभेच्छुकहरु भेट्न पुगे, एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागि अध्यक्ष पदका प्रत्यासी कृष्ण लामिछाने ।

निर्वाचनको चटारोले भ्याई नभ्याई लामिछानेको आगामी कार्यक्रम डिसी मेट्रो क्षेत्रको भर्जिनियामा हुने भएको छ । आगामी अप्रिल १७ गते शनिवार आयोजना हुने कार्यक्रममा अध्यक्षका प्रत्यासी लगायत वरिष्ठ उपाध्यक्ष पदका उमेदवार कृष्णजिबी पन्थ, महासचिव पदका प्रत्यासी बिनोद भट्ट, उपाध्यक्ष पदका प्रत्यासी बिकास उप्रेती,  एनआरएनएको बिधानका ज्ञाता चर्चित अनुहार आईसिसी सदस्य पदका उमेद्वार रबिन बज्राचार्य, आईसिसीका अर्का उमेदवार अमृत सापकोटा लगायत त्यस क्षेत्रबाट लामिछाने समुहबाट उमेद्वारी घोषणा गरेका उमेद्वारहरु यो यात्रामा सहभागी हुने जनाईएको छ ।

एनआरएनए अमेरिकाको अध्यक्षहरुको उमेद्वारीलाई सहमतीमा मिलाउन गत हप्ता लस भेगस आउने भनिएका तर नआएका एनआरएनए आईसिसीका सल्लाहकार हरिबोल भन्डारी पनि सम्भवत: डिसी मेट्रो क्षेत्र पुग्दैछन ।

भर्जिनियाको सामुदायिक भेटघाट लगत्तै अर्को दिन लामिछाने समुहको चुनावी प्रचार कार्यकम  बाल्टिमोरको मेरिल्यान्ड नगरीमा आयोजना गरिएको छ । करिब २१ हजार सदस्यहरुसंगै सबैभन्दा ठुलो एनसिसी बनेको अमेरिकामा एनआरएनए सदस्य संख्याको हिसाबले तेस्रो ठुलो राज्य बनेको बाल्टिमोरमा आयोजना हुने लामिछाने समुहको यस चुनावी प्रसार कार्यक्रम  अप्रिल १८ तारिख आईतवार आयोजना हुंदैछ ।

गत निर्वाचनमा सर्वाधिक मतप्राप्त एनआरएनए अमेरिकाका वर्तमान उपाध्यक्ष तथा आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी कृष्णजिबी पन्थको गृह जिल्ला बाल्टिमोरको यो कार्यक्रमलाई लामिछाने समुहले आफ्नो शक्ती प्रदर्शनको रुपमा लिएको आभाष हुन्छ । एनआरएनए अमेरिकाज क्षेत्रीय संयोजक तथा लामिछाने समुहका टीम लिडर मध्यका एक राजन त्रिपाठीको पनि कर्मभुमी बाल्टीमोरमा आफ्नो दरिलो उपस्थिती देखाउनु पर्ने बाध्यता छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *