२०८२ वैशाख ५ गते | 18th of April 2025

समुदायसंग एनआरएन अभियानका लागि जे पि मन्डल एनआरएनए आईसिसी सदस्य पदका उमेदवार

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख १ गते १४:५२

सानफ्रान्सिस्को – एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागि एनआरएनए अमेरिकामा लामो समय भिजेका जुझारु जे पि मन्डल आईसीसी सदस्य पदका लागि उमेद्वार हुने जनाएका छन । एनआरएनए अमेरिकाका पुर्व सहसचिव मन्डल एनआरएनए अमेरिकालाई समुदायको पहुंचमा पुर्याउन पुर्व सचिव राजेन्द्र सिवाकोटीसंग सदस्यता वितरण, एनआरएनए कार्ययोजना र समुदयसंग एनआरएनए अभियानमा होस्टेमा हैसे मिलाएर क्यालिफोर्निया राज्यमा एनआरएनए अभियान शुरु गर्ने पात्रका रुपमा चिनिन्छन ।

सानफ्रान्सिस्को शहर बित्तिय ब्यवसायमा सकृय जे पि मन्डल रेडियो नेपाली अमेरिका मार्फत सामुदयिक संचारमा सकृय छन । ‘JP MANDAL SHOW’ मार्फत उनले सामुदायिक बिचार-बिमर्शका कार्यक्रमहरु प्रस्तुत गर्दै आईरहेका छन । एनआरएनएमा सकृय उनी सन २०१३-२०१५ को एनआरएनए अमेरिकाको कार्यसमितिमा सहसचिव रहेका थिए ।

‘समुदायसंग एनआरएनए’ अभियानलाई विश्वब्यापी बनाउन, ब्यवसाय, सामाजिक उत्थान र कर जस्ता बिषयलाई पहल गर्न, एनआरएनएलाई सदस्यहरुको पहुंचको संस्था निर्माण गर्न, सबल एनआरएनए निर्माणआ लागि अर्थ तथा आईपीओ जस्ता पक्षमा काम गर्न, सुचनाको यो जमानामा डिजिटल एनआरएनए निर्माणार्थ UNITED, DIVERSITY, EMPOWEMENT, CONNECTIVITY, LEADERSHIP AND DEVELPPMENT एनआरएनएको अभियानमा अंगाल्दै आफु आईसिसी सदस्य पदका लागि निर्वाचनमा लागेको मन्डलले खुल्लामन्चलाई बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *