२०८१ वैशाख २३ गते | 5th of May 2024

काठमाडौं उपत्यकासहित १४ जिल्ला कोरोना सङ्क्रमणको अति प्रभावित क्षेत्र

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख २ गते १४:३३
काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित १४ जिल्लालाई कोरोना सङ्क्रमणको अति प्रभावित क्षेत्रका रुपमा वर्गीकरण गर्दै बढी भिडभाड हुने स्थल र विद्यालय नजान आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले आज अपिल  जारी गर्दै अति प्रभावित क्षेत्रका विद्यालय तथा भिडभाड हुने सबै स्थल, सेवाहरू सञ्चालन नगर्न र सर्वसाधारणलाई समेत सहभागी नहुनका लागि अपिल गरेको हो ।
उपत्यकाका तीन जिल्लासहित कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लूङ जिल्लालाई अति प्रभावित क्षेत्रका रुपमा राखिएको छ । मन्त्रालयले सबै अस्पतालहरूले अनिवार्य रुपमा फिवर क्लिनिक सञ्चालन गर्न, कोरोना परीक्षणका लागि नमुना सङ्कलन र परीक्षणको व्यवस्थापन गर्न आग्रह गरेको छ । सबै सरकारी अस्पतालहरूले कम्तीमा ५० प्रतिशत बेडहरू कोरोना सङ्क्रमितलाई व्यवस्थापन गर्न र विदेशी नागरिकहरूको पीसीआर नतिजा नेगेटिभ आएकालाई मात्रै होटलमा बास राख्न मन्त्रालयको आग्रह छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *