काठमाडौं- गण्डकी प्रदेशका मुख्य मन्त्री बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपा एमाले बाहेकका दलहरुबीच भएको आन्तरिक छलफलपछि सहमतिमा मुख्यमन्त्री विरुद्द अविश्वास प्रस्ताव दर्ता गरिएको हाे । अविश्वास प्रस्तावमा नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।
नेपाली काँग्रेस, नेकमा माओवादी केन्द्र, र जनता समाजबादी पार्टीका सांसदहरुले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नुभएको छ ।तर गण्डकी प्रदेश सभाको चालु अधिवशेन भने गएराति १२ बजेदेखि अन्त्य भएको छ ।