काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार ११ बजेका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भोली बैठक आह्वान गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । दलका नेताहरुबीच तिक्तता बढेका बेला प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आह्वान गर्नुभएपछि त्यसलाई राजनीतिक दलका नेताहरुले सकारात्मकरुपमा लिनुभएको छ । प्रधानमन्त्री ओलीले बैठकमा आफनै नेतृत्वमा चुनावी सरकार गठनका बारेमा पनि विभिन्न दलको राय बुझनुहुने तयारी गर्नूभएको बुझिएको छ । श्रोतले भन्यो -प्रधानमन्त्रीले दलहरुलाई निर्वाचनमा जाने बारे राय राख्न भन्नुहुने सम्भावना रहेको छ ।
बैठकमा वर्तमान समसामयिक राजनीतिको विषय, संसदको हिउँदे अधिवेशन तथा कोभिड १९ को जोखिम पुनः बढ्दै गएको अवस्थामा त्यस विषयमा सर्वदलीय छलफल गरी सुझावका आधारमा अगाडि बढ्ने तयारी प्रधानमन्त्रीले गर्नुभएको बालुवाटार स्रोतले बताएको छ ।