२०८१ वैशाख २१ गते | 3rd of May 2024

लामिछाने समुहको पक्षमा भर्जिनियामा जनलहर, निर्वाचन प्रचारको आजसम्मको सबैभन्दा ठुलो कार्यक्रम

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख ५ गते ५:४५

भर्जिनिया – आफ्नो चुनावी प्रचार प्रसारको क्रममा आज भर्जिनिया पुगेका एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका प्रत्यासी कृष्ण लामिछाने एवम समुहको भब्य कार्यक्रम आज सम्पन्न भएको छ । लस भेगसमा एनआरएनए अमेरिकाको कार्यसमितिको बैठकमा पनि सहभागीता जनाएर यूटाह पछि आफ्नो जम्बो टोलीसंगै भर्जिनिया पुगेका अध्यक्षका प्रत्यासी लामिछाने र समुहको भर्जिनिया भेटघाट कार्यक्रम लामिछाने समुहको आजसम्मको सबैभन्दा ठुलो कार्यक्रमको रुपमा चित्रण भएको छ ।

गाडीको ठक्करबाट जीवन गुमाएका परिवारलाई बिहान भेटेर सान्त्वना दिएर आफ्नो दिनको शुरुवात गरेका एनआरएनए अमेरिका अध्यक्ष पदका प्रत्यासी कृष्ण लामिछानेले सबैलाई सम्बोधन गर्दै भब्य समारोह आयोजनाको लागि आयोजक संस्थालाई धन्यवाद दिए । ‘मेरो परिवार सामाजिक सेवामै बिताएको ईतिहास भएकोले आफु पनि जनसम्पर्क समितिको संस्थापक महासचिव बनेर सामुदायिक सेवामा लागें,’ लामिछानेले अगाडी बताए, ‘जनसंपर्क पछि म लायन्स र आज अमेरिकामा सबैभन्दा ठुलो मन्दिर र समाज निर्माणको जरो बनाउन लागे ।’ लामिछानेले बताए । आफु परिवार भन्दा पनि समाजको सेवाको लागि लागेको बताउंदै उनले २०१७ को एनआरएन अमेरिकामा निर्वाचित भएपछी नेपाली भाषा र नैतीक शिक्षाको पुस्तक प्रकाशनको जिम्मेवारी पूर्ण गरेको बताए ।

आफु झुटो होईन बोलेको कुरा पुर्याउने जनाउंदै उनले आफु निर्वाचित भएमा सामाजिक रुपमा एनआरएनए अमेरिकामा देखिएको बिसंगती र दुराभाव तोड्न काम गर्ने बताउंदै ‘सदस्यता र निर्वाचन विवादलाई पूर्ण रुपेण निराकरण गर्न रविन पासाले भनेको कुरालाई पनि साथ लिने’ बताए । हारे पनि जिते पनि संस्थालाई माया गर्ने संस्कृतिको बिकासको लागि आफु लाग्ने लामिछानेले पैसा नतिरी एनआरएनए अमेरिकाको सदस्य बनाउन आफु लाग्ने बताए । एनआरएनए स्थानिय च्याप्टर र सामुदायिक संस्थालाई एकाकार गरेर काम गर्ने बातावरण बनाउने जनाउंदै लामिछानेले ‘जिते राजा, हारे अदालत’ प्रव्रिती बन्द गराउने बताए ।

आफ्नो कार्यकालमा अमेरिकामा कुनै नेपालीको शिर झुकाउने काम नगर्ने प्रतिवद्धता जनाउंदै लामिछानेले जुलाई ४ एएनएनको कार्यक्रम रहेको नजिरलाई एएनएलाई समर्पित गर्दै युवा साथीहरुको जोश र जांगरको लागि आफुले कार्यक्रम गर्ने बताए ।

एनआरएनए अमेरिकाका सुख दु:खका साथी, वर्तमान कार्यसमितिमा सबैभन्दा बढी मत ल्याएका उपाध्यक्ष तथा एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पदका उमेदवार कृष्णजिवी पन्थले सडक दुर्घटनामा ज्यान गुमाउंदा पिडा भोग्नुपरेको परिवारप्रती सहानुभुती दिंदै ‘स्वस्फुर्त रुपमा नेपालीहरु किन एनआरएनएमा आवद्ध हुन सकेका छैनन’ भन्दै ‘महिला सहभागिता सहितको एनआरएनए’ आफ्नो परिकल्पना रहेको बताए । भब्य कार्यक्रमको आयोजनाको लागि उपाध्यक्ष पदका उमेद्वार चन्द्र लामालाई धन्यवाद दिंदै वरिष्ठ उपाध्यक्ष पदका उमेदवार पन्थले ‘पत्रकार, खेलाडी, महिला सहभागीता र नेपालीहरुको बसोबास रहेको स्थानमा सामुदायिक भवन निर्माण गर्ने’ अभियान आफ्नो एजेन्डा रहेको बताए ।

‘बाल्टीमोरमा हामीले बिशाल हिन्दु तथा बुद्ध मन्दिर बनायौं । बानाको भवन निर्माण गर्यौं । ह्यारी भन्डारीलाई मेन्स्ट्रिम पोलिटिक्समा जितायौं । एउटा राज्यमा यो भन्दा ठुलो चतर्फी सफलता के हुन्छ ?’ त्यो उर्जाशिल बाल्टिमोरको सामुदायिक सदस्य आफु रहेको बताउंदै पन्थले बालबालिकालाई प्रवासमा नेपाली संस्क्रिती सिकाउने अभियानमा रहेको बताउंदै पन्थले एनआरएनएलाई स्थानिय सामुदायिक संस्थाहरुको प्रतिस्पर्धी संस्थाको रुपमा नलिन आग्रह गरे । ‘सामुदायिक संस्थाले आफ्नो काम गर्छ । तर एनआरएनले त्यसको अभिवाकत्व ग्रहण गर्नुपर्नेछ,’ भन्दै पन्थले आफुलाई बिजयी बनाउन आग्रह गरे ।

परिवर्तन आँफैले शुरुवात गर्ने हो भने आँफैंबाट शुरु गर्ने हो । यसको उदाहरण त्यत्रो भब्य कार्यक्रममा एनआरएनए भर्जिनिया च्याप्टरका सभापतीले आफ्नो सादगी दर्शाए । भर्जिनिया च्याप्टर सभापती कृष्ण सादगीले आँफै सभापतित्व गर्ने भाउ नखोजी माईक समाएर आफ्नो बलिबुताले भ्याएसम्म पहिले पाहुना र पछि आफ्ना गाउंकाहरुलाई बोल्ने अवसर दिएर सादगिताको परिचय दिलाए, यसरी हुने हो परिवर्तन । संस्थापक सभापती मुक्ती दवाडीलाई कार्यक्रमको सभापतित्व ग्रहण गर्न लगाएर सादगीले आँफै कार्यक्रम चलाऊन माईक समाए ।

कार्यक्रममा बोल्दै एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागि लामिछाने समुहबाट महासचिव पदका उमेद्वार तथा नेजसका नेता बिनोद भट्टले संस्थामा उठ्ने सदस्यताका बिषय, निर्वाचन पद्धती र प्रकृयाका बिषयका उत्तर दिने अभियानमा लाग्ने बताए । ‘मैले सकेको परिवर्तन म गर्दछु’ महासचिवका प्रत्यासी भट्टले बताए । दोस्रो पुस्तालाई एनआरएनएमा समाबेश गराउने आफ्नो अभियान रहेको बताउंदै भट्टले आगामी दुई बर्ष हारे पनि जिते पनि छुट्टाएको बताउंदै भट्टले अस्पतालमा उपचाररत आफ्ना प्रतिद्वन्दी तथा मित्र/भाई अन्जन चौलागाईंको स्वास्थ्यलाभको कामना गरे ।

कार्यक्रममा बोल्दै एनआरएनए अमेरिका उपाध्यक्ष पदका प्रत्यासी युवा ब्यवसायी बिकास उप्रेतीले संस्थाप्रती ब्याप्त असन्तुष्टी निराकरणका लागि लागिपर्ने बताए । ‘पांच लाख भन्दा बढी नेपालीहरु रहेको अमेरिकामा २० हजार मात्रै सदस्य, त्यो पनि पकेटबाट बनेको हल्ला ?’ प्रतिप्रश्न गर्दै उपाध्यक्ष पदका प्रत्यासी उप्रेतीले अध्यक्ष पदका उमेद्वार लामिछानेको एजेन्डामा रहेर जन्मभुमी र प्रवासी पसिनाको मुल्य बुझेर ‘संस्थाभित्रको ब्याप्त राजनीति’ लाई युवा जोशले युवाका लागि काम गर्ने बताए ।

कार्यक्रममा भाग लिन भर्जिनिया पुगेका एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागि उपाध्यक्ष पदका उमेद्वार रामबाबु पान्डेले लामो समयदेखिको आफ्नो कार्य अनुभवलाई एनआरएनएबाट सामुदायिक सेवका लागि अर्पिने जनाए । ‘हराएको जस्तो आभाष हुने एनआरएनएलाई जागरुक बनाउन’ आफु लाग्ने पाण्डेले बताए । ‘यसपटक जिताउनुहुन’ आग्रह गर्दै पाण्डेले आफु सामुदायिक काम मात्र गर्न एनआरएनए अभियानमा लागेको बताए ।

चर्चित अनुहार तथा लामिछाने समुहलाई समर्थन गर्दै भर्जिनिया पुगेका एनआरएन अमेरिकाबाट आईसिसी सदस्य पदका प्रत्यासी रविन बज्राचार्यले ‘आफु भर्जिनियामा एनआरएनएको उत्साह बुझ्न आएको’ बताए । ‘एनआरएनए अमेरिकाको शुद्धिकरणको लागी आफु लागिपर्ने’ उनले प्रतिबद्धता ब्यक्त गरे । अनलाइन भोटिङ्गको आवश्यकता औंल्याउंदै बज्राचार्यले एनआरएनए जन्मनुको कारण बताउंदै अझै पनि जन्मभुमिको आफ्नो सम्पतीको लागि हामी लड्नुपर्ने बाध्यता रहेको बताए ।

बाल्टिमोर प्रतिष्ठित समाजसेवी गोरखाली नेता प्रेमकुमार श्रेष्ठले संस्थाको शुद्धिकरणका लागि आफ्नो पनि अभियान जारी रहेको बताउंदै आफ्नो समर्थन कृष्ण लामिछानेको समुहलाई रहेको बताए । एनआरएनए अमेरिकाका पुर्व वरिष्ठ उपाध्यक्ष लोक तिवारीले संस्थाको जन्मदेखी हुर्किएको यो अवस्थासम्म आईपुग्दा सबैको नजर पुग्ने एनआरएनए अमेरिकाको दायित्व समुदायमा रहेको जनाउंदै आफ्नो पनि समर्थन कृष्ण लामिछानेको समुहलाई रहेको बताए ।

कार्यक्रममा एनआरएनए अमेरिकाका लागि उपाध्यक्ष पदका उमेद्वार चन्द्र लामा, महिला संयोजक पदकी उमेद्वार सुनिता खत्री, सदस्य पदका उमेद्वार रमेश भट्ट, पुर्ण रसाईली, आशिष संग्रौला, अशोकजंग केसी र बाबु सुवेदीले पनि आफ्नो उमेद्वारीको बारेमा आफ्ना बिचार ब्यक्त गरेका थिए ।

https://fb.watch/4Xw72nKc6B/

Leave a Reply

Your email address will not be published. Required fields are marked *