काठमाडौं – एनआरएन डेभलपमेन्ट फन्डको अध्यक्षमा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो चयन चयन भएका छन । फन्डको प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईलाई बनाईएको गैरआवासिय नेपाली संघका अध्यक्ष कुमार पन्तले जानकारी दिए । दुवैजनाको व्यावसायिक अनुभवको भरपूर उपयोग भई संसारभरका गैरआवासीय नेपालीको लगानीलाई उच्चतम प्रतिफल दिने कम्पनीका रुपमा स्थापित हुने अध्यक्ष पन्तले अपेक्षा व्यक्त गरे ।
नेपाल सरकारको ५० करोड लगानी रहने सो फन्डमा दुई अर्बको प्रतिबद्धता आइसकेको छ। कम्तीमा १० अर्बको कोष बनाई नेपालको उद्यम, व्यवसाय र पूर्वाधारका क्षेत्रमा लगानी गर्ने कम्पनीको मुख्य उद्देश्य रहेको पनि पन्तले जानकारी दिए। कम्पनीले ८५ प्रतिशत लगानीका निम्ति गैरआवासीय नेपालीलाई लक्षित गरी छिट्टै प्राथमिक सेयर (आईपीओ) निष्काशन हुने पनि जनाएको छ। संसारभर छरिएर रहेका श्रमिक, व्यवसायी, पेसाकर्मी सबैले नेपालको विकास र समृद्धिमा सकेको लगानी गरी आर्थिक लाभसमेत उठाउन पाउने कम्पनीको भनाइ छ।