२०८१ वैशाख १५ गते | 27th of April 2024

बादल बने पुन: गृहमन्त्री

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख ५ गते १४:३८

काठमाडौं –   प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट मुक्त हुनुभएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई पुनः सोही मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । राष्ट्रपति विद्या भण्डारीले आज उहाँलाई पद तथा गोपनीयताको शपथ  गराउनुभएको छ ।
गृहमन्त्री बादललाई नेकपा (माओवादी केन्द्र) ले कारवाही गरेपछि उहाँ राष्ट्रिय सभा सदस्यबाट पदमुक्त हुनुभएको थियो । संविधानको व्यवस्थाअनुसार उहाँलाई प्रधानमन्त्री अ‍ोलीले पुनः सोही पदमा नियुक्त गर्नुभएपछि उहाँ आज पुनः सोही पदमा शपथ खाँदै हुनुहुन्छ । माओवादी केन्द्रले संसद सचिवालयलाई पदबाट मुक्त गरेको लिखित पत्र दिएको थियो ।

यसअघि माओवादी केन्द्रले प्रतिनिधिसभाका चार जना सदस्यलाई कारवाही गरेको थियो । नेताहरु नेकपा (एमाले) मा प्रवेश गर्नुभएपछि सो दलले कारवाही गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *