अस्टिन – एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागि अमेरिकाको प्रतिनिधित्व हुने गरी पदम ठकुराठीले आईसिसी सदस्य पदका लागि उमेदवारी घोषणा गरेका छन । टेक्सासको राजधानी अस्टिनमा लामो समयदेखी बसोबास गर्दै आएका ब्यवसायी ठकुराठी एनआरएनए अमेरिकाको कार्यसमितिमा उमेद्वारी दिने चर्चासंगै आईसिसी पदको लागि निर्वाचन लड्ने खुल्लामन्चलाई बताए । एनआरएनए अमेरिकाको वर्तमान कार्यसमितिमा दोस्रो पोपुलर मत प्राप्त गरेका ठकुराठी अस्टिनमा स्थापित नेपाली ब्यवसायी हुन । ग्रेटर अस्टिन नेपाली समाजका पुर्व उपाध्यक्ष ठकुराठी त्यस क्षेत्रमा सकृय नेपाली समुदायका दु:ख सुखका साथी हुन ।
एनआरएनए अमेरिका डालस च्याप्टरका पुर्व महासचिव ठकुराठीको पालामा एनआरएनए अमेरिकाको ‘ड्रिम प्रोजेस्क्ट – एनआरएनए हेल्प डेस्क’ को घोषणा कार्यक्रम अस्टिनमा सम्पन्न भएको थियो । एनआरएनए अमेरिकाको सबैभन्दा ठुलो र सकृय हेल्प डेस्क प्रोजेक्ट निर्माणको लागि दिलोज्यान लगाएर काम गरेको स्मरण गर्दै ‘एनआरएनए अमेरिकाको कार्यसमितीमा रहेर आफ्नो बलिबुताले सकेको काम गरेको छु,’ ठकुराठीले बताए । खुल्लामन्चसंग ‘एनआरएनए अमेरिकाको आसन कार्यसमितिको कुनै पदमा उमेदवारी दिने चाहना हुंदाहुंदै पनि युवा तथा अन्य साथीहरुलाई मौका दिंदै आईसिसी सदस्य पदमा उमेदवारी दिएर आफुसक्दो सेवकओ निरन्तरता दिन लागेको छु,’ ठकुराठीले बताए ।