२०८१ वैशाख २१ गते | 3rd of May 2024

द्रोण गौतम : एनआरएनए अमेरिका सचिव पदका उमेद्वार

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख ५ गते २०:४०

ह्युस्टन – भोली सोमबार उमेद्वारी दर्ता गराउने मिती तोकिएको एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागि द्रोण गौतमले सचिव पदमा उमेदवारी घोषणा गरेका छन । अमेरिकामा सबैभन्दा बढी नेपालीहरु बसोबास गर्ने टेक्सास राज्यको ह्युस्टन शहरमा स्थापित गौतम हंसिला, जांगरिला एनआरएनए अभियान्ताका रुपमा चिनिन्छन । ह्युस्टनका हरेक नेपाली समुदायिक कार्यक्रमका सकृय सेवी गौतम सबैका प्रिय साथीका रुपमा परिचित छन ।

गुल्मीमा जन्मिएका गौतम एनआरएनए अमेरिका टेक्सास च्याप्टरको पुर्व उपाध्यक्ष भएर काम गरेका अनुभवी पात्र हुन । आकर्षक ब्यक्तित्वका धनी उनी झिनो मतले एनआरएनए टेक्सास च्याप्टरको सभापतिमा पराजित भएर पनि प्रवासमा नेपाली समुदायको उत्थानका निम्ती एनआरएनएकै पेरेफेरीमा निरन्तर सकृय छन । ह्युस्टनमा स्वास्थ्य सेवालाई आफ्नो पेशाको रुपमा अंगालेका गौतम स्थानियस्तर्मा सकृय नेपाली समुदायमा नेत्रित्वदायी भूमिकामा रहेर काम गरिसकेका छन ।

ह्युस्टन नेपाली समाजका उपाध्यक्ष गौतम ‘समाज भाड्ने होइन, जोड्ने’ भन्ने नाराका साथ सचिव पदमा उमेदवारी दिएका उनी एनआरएनए अमेरिकाको निर्वाचनमा आकांक्षी रहेका अध्यक्षका सबै प्रत्यासीका नजरमा परेका छन । सदस्यहरुमाझ राम्रो पकड बनाएका गौतमलाई धेरै एनआरएनए अभियान्ताहरुले साथ दिने बचन दिएको खुल्लामन्चलाई बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *