शिकागो – एनआरएनए अमेरिकाको आसन्न निर्वाचनको लागि भोली र पर्सी उमेद्वारी दर्ता गर्ने समय तोकिएको अवस्थाको संघारमा अमेरिकी नेपाली समुदायका चिर परिचित ब्यक्तित्व बाला घिमिरेले एनआरएनए अमेरिकाको बोर्ड सदस्य पदमा आफ्नो उमेद्वारी घोषणा गरेका छन । शिकागोमा रेस्टुरेन्ट ब्यवसायबाट स्थापित घिमिरे क्षेत्रका नेपालीहरुका सुख दु:खका सारथीको रुपमा परिचित छन ।
बिभिन्न सामाजिक पुरस्कारहरुले सम्मानित घिमिरे लामो समयदेखी शिकागोमा रहेर सामुदायिक सेवामा आफ्नो समय दिईरहेका छन । एनआरएनए अमेरिकाको बर्तमान कार्यसमितिको लागि उपाध्यक्ष पदमा झिनो मतले पराजित घिमिरे फेरी त्यही पदमा निर्वाचन लड्ने बजार हल्ला थियो । एनआरएनए आईसीसी सदस्य पदका लागि पनि कुनै बेला निर्वाचन लडेका घिमिरेले ‘सामुदायिक सेवाको निरन्तरताका लागि’ प्रवासी नेपालीहरुको साझा छाता संस्था एनआरएनएको कार्यसमितिमा रहेर काम गर्ने ईच्छाले सदस्य पदमा उमेद्वारी दिएको बताए ।