२०८२ जेठ ३१ गते | 13th of June 2025

ए.एन.ए. को बोर्ड अफ ट्रष्टी चेयरमा क्यालिफोर्नियाका डा. शम्भु ढुङ्गाना

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख ६ गते १:२८

लस एन्जलस – उत्तरी अमेरिका (अमेरिका तथा क्यानाडा) मा रहेका नेपालीहरुको लोकप्रिय संस्था ‘एशोसियसन अफ  नेपलिज इन द अमेरिकाज’ (ए.एन.ए.) को ट्रष्टी बोर्डको आन्तरिक पदीय जिम्मेवारीमा हेरफेर भएको जानकारी ए.एन.ए. अध्यक्ष विजयराज भट्टराईले आज बसेको कार्यकारिणी समितिको मिटिङ्गमा गराउनुभयो।

ए.एन.ए.ट्रष्टी बोर्डको मिटिङ्गले क्यालिफोर्निया निवासी डा. शम्भु ढुङ्गानालाई ट्रष्टी बोर्डको चेयरमा निर्बिरोध निर्वाचित गरेको जानकारी अध्यक्ष भट्टराईले गराउनुभयो। डा. ढुङ्गाना ए.एन.ए. का पूर्व अध्यक्ष हुनुहुन्छ। यस अघि एरिजोना निवासी डा.अम्बिका प्रसाद अधिकारी ए.एन.ए.ट्रष्टीको चेयरको जिम्मेवारीमा हुनुहुन्थ्यो। मिटिङ्गले डा. अधिकारीको कुशल नेतृत्वको प्रशंसा गर्दै धन्यबाद ज्ञापन समेत गरेको छ।

सन् २०१६ मा पारित नयाँ बिधान अनुसार ए.एन.ए. ले बोर्ड अफ ट्रष्टीको व्यवस्था थपेको थियो। बोर्ड अफ ट्रष्टीमा निबर्तमान अध्यक्ष सहित नौ सदस्यीय रहने व्यवस्था रहेको छ। यस संस्थाको पहिलो ट्रष्टी बोर्डको चेयरमा डा. अधिकारी भन्दा पहिले क्यानाडाका डा. कुञ्जर शर्मा हुनुहुन्थ्यो। कुञ्जर शर्मा यतिखेर क्यानाडाको निमित्त नेपाल सरकारको महाबाणिज्यदूतको जिम्मेवारीमा समेत हुनुहुन्छ।

मुलत: अमेरिकामा बिभिन्न राज्यहरुमा नेपालीहरुको प्रतिनिधित्व गर्ने स्थानीय संघ-संस्थाहरुका सफल नेतृत्व दिएर इतिहास निर्माण गरिसक्नु भएका र सामाजिक सेवामा बिशेष योगदान पुर्याएका व्यक्तित्वहरुलाई ए.एन.ए. को बोर्ड अफ ट्रष्टीमा रहनुभएको छ।

ए.एन.ए. को बोर्ड अफ ट्रष्टीको नामावाली :
१. डा. शम्भु ढुङ्गाना – चेयर
२. डा. अम्बिका प्रसाद अधिकारी
३. डा. कुञ्जर शर्मा
४. रोजर अधिकारी
५. प्रहलाद के.सी.
६. अन्जन श्रेष्ठ
७. बेदा जोशी
८. डा. विद्या रञ्‍जित
९. खगेन्द्र अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *